२२ बैशाख २०८१, शनिबार

अस्पताल लैजादा महिलाको बाटोमै मृत्यु



दार्चुला । अचेत अवस्थामा फेला परेकी एक महिलाको उपचार गर्न अस्पताल लैजादै गर्दा मृत्यु भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका–१ मलेराका २३ वर्षीया विनिता कार्कीको उपचारका लागि घरबाट अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

स्थानीय मोहन बिकले बुधबार घाँस काट्न मेला (फागला) गएका कार्की अवेरसम्म घर नफर्किएपछि उनको खोजी भएको बताए । उनका अनुसार अवेर रातीसम्म घर नफर्किएपछि स्थानीयले बुधबार रातीदेखि खोजी गरेका थिए ।

विहिबार बिहान बेहोस् अवस्थामा भेटिएकी कार्कीलाई अस्पताल लैजादै गर्दा घर नजिकै मृत्यु भएको विकले जनाए । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृतक कार्कीका घरमा एक जना छोरा छन् । मृतकका श्रीमान जनक कार्कीले गत वैशाखमा झुण्डिएर आत्महत्या गरेका गरेको आफन्तले बताएका छन् । दार्चुलाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा र सडक यातायातको सुबिधा नहुदा केहि नागरिकले समयमै उपचार नपाएर ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार