७ बैशाख २०८१, शुक्रबार

ठूला विद्यालय बनाउने तयारी



धनगढी । सुदूरपश्चिम प्रदेशमा ठुला विद्यालय बनाउने तयारी अघि बढाइएको छ । संघिय सरकारले जारी गरेको विद्यालय क्षेत्र विकास योजनाअन्तर्गत प्रदेशको सामाजिक विकास मन्त्रालयले आधारभूत पूर्वाधारसहित ठुला विद्यालय विकास गर्न प्रस्ताव आह्वान गरेको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर बिष्टले सुदूरपश्चिम प्रदेशमा रहेका तीन वटा विद्यालयलाई ठुला विद्यालयका रुपमा विकास गरिने बताए । उनले भने– ठुला विद्यालयका लागि अहिले प्रस्ताव आह्वान गरिएको छ । आवेदनका आधारमा विद्यालयको अनुगमन गरिने छ ।
उनले ठुला विद्यालय छनैटका लागि पा“च बु“दे मापदण्ड तयार गरिएको बताए । उनले भने– निम्न तथा माध्यामिक विद्यालयले आवेदन दिन सक्छन्, तर तोकिएका मापदण्डहरू पुरा गर्नुपर्छ ।
प्रवक्ता बिष्टले यसअघि सरकारले छनौट गरेका नमुना विद्यालयहरू भने यस कार्यक्रममा सहभागी हुन नपाउने बताए ।
मन्त्रालयले जारी गरेको सूचनामा दुई हजार विद्यार्थी पुग्ने सुनिश्चितता समेतको प्रतिवद्धतासहिको विद्यालय व्यवस्थापन समितिको निर्णय, जनसंख्या, भुगोल र पहु“च समेतलाई आधार मानी सेव क्षेत्रभित्रका सबै प्रकारका बालबालिकाहरूको शिक्षा प्रदान गर्न सक्ने सम्भाव्यता रहेको विद्यालय भनी स्थानीय तहबाट भएको निर्णयको सिफारिस, ठुला विद्यालय स्थापना हु“दा उक्त विद्यालयमा समायोजन तथा एकीकरण हुन सक्ने इच्छुक विद्यालयहरूको सहमति सहितको सूचि बुझाउनुपर्ने उल्लेख छ ।
त्यस्तै, ठुला विद्यालयको रुपमा विकास गर्न विद्यालयसंग प्रयाप्त जग्गा तराईमा कम्तिमा दुई विघा र पहाडी तथा हिमाली क्षेत्रमा १० रोपनी हुनुपर्ने र विद्यालयको भौगोलिक अवस्थिति बाढी, पहिरो, भुक्षय लगायतको प्राकृतिक प्रकोपका दृष्टिले जोखिमपूर्ण स्थानमा नरहेको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
प्रवक्ता विष्टले भने– यस वर्ष हामीले छनौट गरेका विद्यालयहरूलाई पूर्वाधारसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने छौं ।
उनले डिपिआरका लागि यस वर्ष प्रति विद्यालय १५ लाख रुपैयाका दरले ४५ लाख रुपैया“ विनियोजन गरिएको बताए । उनले भने– डिपिआर तयार भएपछि आगामी आर्थिक वर्ष स्वास्थ्य विज्ञान तथा प्रविधि मन्त्रालयले थप बजेट विनियोजन गर्ने छ ।
यसअघि सरकारले विद्यालय क्षेत्र सुधारका लागि देशभरी नै नमुना विद्यालय छनौट गर्दै आएको थियो । नमुना विद्यालयको अवधारणा सामुदायिक विद्यालयको शिक्षण सिकाईसंगै विद्यालयको संख्या घटाउने उद्देश्यले अघि सारिएको थियो । सुदूरपश्चिम प्रदेशमा अहिले ४४ वटा नमुना विद्यालयहरू रहेका छन् ।
प्रदेश सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना, तथ्यांक तथा अनुसन्धान शाखा अधिकृत लोकेन्द्र भट्टले विद्यालयको संख्या घटाउने उद्देश्यले ठुला विद्यालयको अवधारणा अघि सारिएको बताए । उनले भने– अहिले प्रदेशमा सानातिना सामुदायिक विद्यालय धेरै भए । विद्यालय संख्या बढाउनुभन्दा पूर्वाधार विकास गरी एक ठुलो विद्यालय स्थापना गरि गुणस्तर कायम गर्ने उद्देश्य हो ।
सुदूरपश्चिम प्रदेशमा सामुुदायिक माध्यमिक तथा निम्न माध्यमिक विद्यालय गरी तीन हजार सात सय दुई रहेका छन् ।
प्रदेश शिक्षा निर्देशनालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी सामुदायिक विद्यालय कैलालीमा रहेका छन् । निर्देशनालयका अनुसार कैलालीमा पा“च सय ६३, अछाममा पा“च सय ५५, बैतडीमा पा“च सय ४०, बझाङमा चार सय ५४, बाजुरामा दुई सय ४४, डडेल्धुरामा दुई सय ५१, दार्चुलामा चार सय तीन, डोटीमा चार सय ३१ र कञ्चनपुरमा दुई सय ६१ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार