२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा कोरोनाः बढ्दै सक्रिय संक्रमित



धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन सय ७६ पुगेको छ । त्यसमध्ये प्रदेशमा सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेशमा विहिबार थपिएको कोरोना संक्रमितसंगै एक हजार एक सय ५७ सक्रिय संक्रमित पुगेको छ ।

प्रदेशमा सबैभन्दा कैलालीमै बढी सक्रिय संक्रमित रहेका छन । कैलालीमा दुई हजार पा“च सय ४८ कोरोना संक्रमित पुगेपनि सक्रिय संक्रमितको संख्या छ सय ६७ रहेको छ ।
यस्तै, डोटीमा एक सय ३८, बझाङमा एक सय १०, अछाममा एक सय छ, कञ्चनपुरमा ६५, बैतडीमा २८, डडेल्धुरामा १२, दार्चुलामा ३० र अन्य जिल्लाको एक कोरोना संक्रमित रहेका छन ।
प्रदेशमा हालसम्म कोरोनाबाट १६ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्यामा नौ वटा जिल्ला बराबर कैलालीमा रहेको छ । कैलालीमा आठ जनाको मृत्यु भइसकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार अछाम, बझाङ, बाजुरामा दुई÷दुई र बैतडी तथा डडेलधुरामा एक÷एकको मृत्यु भएको छ ।
बिहीबार ३२ जना थपिए
कैलालीमा १२ जना सहित सुदूरपश्चिम प्रदेशका बिहीबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका चार वटा प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्वर २, ३, ४ र ५ का एक÷एक जना, गौरीगंगा नगरपालिका वडा नम्वर ११ का एक जना, चुरे गाउ“पालिका वडा नम्वर ४ का एक जना, गोदावरी नगरपालिकाका दुई जना र भजनी नगरपालिकाका चार जनामा संक्रमण पुष्टि भएको बताए ।
त्यस्तै कञ्चनपुरको बेलौरीका एक जना, पुर्नवासका दुई जना, महाकालीका एक जना, डडेल्धुराको परशुरामका एक जना र डोटीको बडिकेदारका दुई जनामा संक्रमण पुष्टि भएको हो ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ९३ जनाको कोरोना परीक्षण भएकोमा सात जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको तुर्माखाद गाउ“पालिकाका ५ पुरुष र एक महिला गरी ६ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको बताए ।
उता बैतडीका थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको हो । जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाका अनुसार बिहिबार पुष्टि हुनेमा सुर्नया गाउ“पालिका वडा नम्वर ५ का ३३ वर्षीय पुरुष रहेका छन् ।
जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ६५ जनाको कोरोना परीक्षण भएकोमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५५ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
थप १७ जना निको
सुदूरपश्चिम प्रदेशमा बिहिबार थप १७ जना निको भएर घर फर्केका छन । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार महाकाली अस्पतालबाट दुई, टीकापुरबाट एक, बैतडीका आठ र बझाङका छ जना गरि १७ जना निको भएर घर फर्केका हुन ।
योसंगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या छ हजार दुई सय तीन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार