१४ बैशाख २०८१, शुक्रबार

साल्ट ट्रडिङको सुपथ मूल्य पसल



धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा बिहिबारदेखि साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ ।
‘धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छौं’ साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले भने– प्रदेशभरी अन्य कुनै स्थानमा स्थानीय सरकारहरूले सुपथ मूल्य पसल सञ्चालन गर्ने इच्छा राखेमा साल्ट ट्रेडिङ कर्पोरेशनले सहयोग गर्नेछ । उनले धनगढीमा सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट पहिलो दिन एक हजार पा“च सय रुपैयाको कारोवार भएको बताए ।
उनले सुपथ मूल्य पसलबाट चिनी, नुन र चामल बिक्री हुने बताए । उनले बिहिबार नुन र सावुनमात्र सुपथ मूल्य पसलमा राखिएको बताए । उनले भने– शुक्रबारदेखि चिनी बिक्रीका लागि राखिने छ ।
सहायक महाप्रबन्धक पाण्डेका अनुसार चिनी प्रति किलो ७० रुपैया र नुन प्रति किलो १८ रुपैया“ निर्धारण गरिएको बताए । एक जनाले चार किलोसम्म नुन र चिनी खरिद गर्न पाउने उनले बताए ।
त्यस्तै, सुपथ मूल्य पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल पनि विक्रीका लागि राख्ने छ । सहायक महाप्रवन्धक पाण्डेयले भने– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मुल्य पसलमा बिक्रीका लागि छिट्टै चामल पनि राख्ने जानकारी दिएको छ ।
उनले यस वर्ष साल्ट टे«डिङले चिउरा लगायतका अन्य खाद्य वस्तु विक्रीका लागि राख्ने बताए ।
चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्दै आईएको छ । विगतमा कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको भीमदत्तनगर, डोटीको दिपायल, डडेलधुरा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन हु“दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार