७ कार्तिक २०८१, बुधबार

लकडाउनको अवधिमा बलात्कारका घटनामा बृद्धि



धनगढी । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको अवधिमा कैलालीमा बलात्कार घटनामा बृद्धि आएको पाइएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको तथ्यांक अनुसार लकडाउनको छ महिनाको अवधिमा कैलालीमा बलात्कारका १४ वटा घटना भएका छन् ।
ओरेक कैलालीका संयोजक बिनु रानाले लकडाउनको छ महिनाको अवधिमा ओारेकको जानकारीमा बलात्कारका छ वटा घटना आएको बताइन् । उनले भनिन्– हाम्रो जानकारीमा नआएका अरु पनि घटना हुनसक्छन् ।
लकडाउनको अवधिमा महिला हिंसाको घटनामा पनि बढोत्तरी भएको ओरेक नेपालको तथ्यांकमा उल्लेख छ । ओरेक कैलालीका अनुसार लकडाउनको छ महिनामा जिल्लाका विभिन्न स्थानका गरी महिला हिंसाका एक सय १४ वटा उजुरी प्राप्त भएका छन्् ।
संस्थाका कैलाली संयोजक बिनुका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको अवधिमा नै महिला हिंसाका निकै घटना भएका छन् । उनले भनिन्– हाम्रो संस्थामा एक सय १४ महिला हिंसाका उजुरी परेका छन्् । सबैतिर बन्द रहेको अवस्थामा यति धेरै घटनाबारे संस्थामा उजुरी आउनुले नै महिला हिंसाका घटना निकै बढेको प्ष्टि गर्दछ ।
ओरेक कैलालीले लकडाउनको अवधिमा दुई सय १४ जनालाई मनोसामाजिक परामर्श दिइएको जनाएको छ । संस्थाका अनुसार विभिन्न माध्यमबाट एक सय २५ जनालाई र प्रत्यक्ष रूपमा ८९ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।
संस्थाका संयोजक बिनुले ३८ परिवारलाई पारिवारिक रूपमा मनोसामाजिक परामर्श दिइएको बताइन् ।
लकडाउनको अवधिमा २१ वटा यौन हिंसा, सात बहुविवाह, ११ आत्महत्या लगायत घरेलु हिंसाका घटना भएको संस्थाले जनाएको छ ।
प्लान इन्टरनेट नेपालको सहयोगमा लैगिक संवेदनशीलतामा रिपोर्टिङका निम्ति स्थानीय सञ्चार माध्यमस“ग बिहीबार गरिएको अन्तक्र्रिया कार्यक्रममा संयोजक बिनुले तथ्यांक सार्वजनिक गरेकी थिइन् ।
कार्यक्रममा कैलालीका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूले महिला हिंसा न्यूनीकरणका लागि सञ्चार माध्यमको भूमिकाको बारेमा अन्तरक्रिया गरेका थिए । हिंसाका घटना रोक्न पत्रकार र महिलाको क्षेत्रमा कार्यरत संस्थाबीच समन्वय र सहकार्य हुनु पर्ने सहभागीहरूले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार