१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा एकै दिन करिब दुई सय संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दरमा निरन्तर बृद्धि भइरहेको छ । बुधबार एक सय ९६ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रलायका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार बुधबार सेती प्रादेशिक अस्पतालमा तीन सय ६१ जनाको स्वाव परीक्षण गर्दा एक सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा एक सय ८४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका तीन सय ५० नमुनाहरुमध्ये एक सय ८४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले ३८ महिला र एक सय ४६ जना पुरुष गरी एक सय ८४ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।
उनले धनगढी उपमहानगरपालिकाका ९० जना, टीकापुर नगरपालिकाका तीन जना, भजनी नगरपालिकाका १६ जना, गोदावरी नगरपालिकाका १८ जना, गौरीगंगा नगरपालिकाका १४ जना, घोडाघोडी नगरपालिकाका ९ जना, लम्की चुहा नगरपालिकाका दुईजना र स्थानीय तह नखुलेका कैलालीका ४ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै अछामको मेल्लेख गाउ“पालिकाका एकजना, बैतडीको पञ्चश्वर नगरपालिकाका एकजना, बझाङको जयपृथ्वी नगरपालिकाका एकजना, खप्तडछान्ना गाउ“पालिकाका एकजना, विथ्डरचिर गाउ“पालिकाका एकजना र बर्दियाका एक जनामा पनि कोरोना पुष्टि भएको उनले बताए ।
यसैगरी डडेल्धुराका एक जना, कञ्चनपुरको पुनर्वासका तीन जना, बेदकोट नगरपालिकाका चार जना, कृष्णपुर नगरपालिकाका दुई जना, शुक्लाफाटा नगरपालिकाका एक जना र भिमदत्त नगरपालिकाका ११ जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उता, बझाङमा बुधबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङमा गरिएको एक सय २७ जनाको स्वाव परिक्षणमा एक नया“ संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।
डोटी जिल्ला अस्पतालमा गरिएको परिक्षणमा डोटीका सात सहित थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिका डोटी जिल्ला अस्पतालमा गरिएको ५६ जनाको स्वाव परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका ल्याब इन्चार्ज शौरभ श्रेष्ठले बताए ।
उनका अनुसार बुधबार संक्रमण पुष्टि हुनेमा दिपायल सिलगढी नगरपालिकाका तीन जना, केआई सिंह गाउ“पालिकाका एक जना, बोगटान गाउ“पालिकाका दुई जना र शिखर नगरपालिकाका एक तथा अछामको बान्नि गढीका दुई जनामा संक्रमण पुष्टि भएको छ ।
बधबार नै डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ३९ जनाको स्वाव परिक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोशाला इन्चार्ज जिनी गणेजुले बताए ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा डडेल्धुराकै नवदुर्गा गाउ“पालिकाका दुई जना रहेका छन् ।
थप २६ जना निको
सुदूरपश्चिम प्रदेशमा बुधबार थप २६ जना निको भएर घर फर्केका छन । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार महाकाली अस्पतालबाट दुई, कञ्चनपुरका तीन, डोटीका नौ, डडेल्धुराका तीन र बझाङका नौ जना गरि २६ जना निको भएर घर फर्केका हुन ।
योसंगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या छ हजार एक सय ३६ पुगेको छ ।
यस्तै, प्रदेशमा सात हजार तीन सय ४५ कोरोना संक्रमितमध्ये एक हजार एक सय ९३ सक्रिय संक्रमित रहेका छन भने १६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार