१० श्रावण २०८१, बिहीबार

नगरपालिका एक साताका लागि शिल



धनगढी । कैलालीको गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले अत्यावश्वक सेवा बाहेकका कामहरू एक साताका लागि बन्द गरेको छ ।

सोमबार प्रमुख प्रशासकिय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि सेवा प्रवाह बन्द गरिएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले बताइन् ।
कार्यालय प्रमुखमा कोरोना संक्रमण पुष्टि भएपछि गौरिगंगा नगरपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधी गरी ९१ जनाको स्वाव संकलन गरी कोरोना परीक्षण गर्ने तयारी भइरहेको उपप्रमुख चौधरीले बताइन् ।
त्यस्तै, कोरोना संक्रमितको संख्या बढेको भन्दै अछामको बान्निगढी जयगढ गाउ“पालिकालाई एक हप्तासम्म सिल गर्ने निर्णय गरिएको छ ।
गाउ“पालिकामा कोराना संक्रमण बढेपछि सोमबार बसेको कार्यपालिकाको बैठकले एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको गाउ“पालिका प्रमुख प्रशासकीय अधिकृत सैलेशराज ढुंगानाले बताए ।
गाउ“पालिकाको वडा नम्बर ३ का ३४ वर्षीय पुरुषको ज्यान गएको र आइसोलेसनमा बसेकाहरूमा समेत कडा खालको लक्षण देखिएकाले असोज १९ गते सम्मका लागि गाउ“पालिका सील गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए ।
त्यस्तै, नगरपालिकाको सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । मंगलबार नगरपालिकामा ती कर्मचारी र एक भारतबाट फर्केका स्थानीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो ।
मंगलबार बसेको आकस्मिक बैठकले असोज १७ गते राती १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टले जानकारी दिए ।
सिल गरिएको अवधिमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द रहने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार