४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणमा बृद्धि



धनगढी । सुदूरपश्चिम प्रदेशमा निरन्तर कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । सोमबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलालीका २६ सहित सुदूरपश्चिम प्रदेशमा सोमबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
सेती प्रादेशिक अस्पतामा ३४, बझाङ जिल्ला अस्पतामा १७ र डोटी अस्पतालको प्रयोगशालामा १३ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा सेती प्रादेशिक अस्पतामा गरिएको दुई सय ३३ जनाको स्वाव परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा धनगढीका नौ महिला र नौ पुरुष गरी १८ जना, घोडाघोडीका एक महिला र एक पुरुष तथा जोशीपुर गाउपालिकाका एक महिला र एक पुरुष रहेका छन् ।
यसैगरी कञ्चनपुरको भिमदत्तनगर नगरपालिका वडा नम्बर ११ का एक महिला र ६ पुरुष तथा शुक्लाफा“टा नगरपालिकाका एक पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
यसैगरी बझाङ जिल्ला अस्पतालमा गरिएको दुई सय ५३ जनाको स्वाव परिक्षण मध्य १७ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा छविसपाथिभेरा गाउ“पालिकाका ५ जना, बुगल नगरपालिकाका २ जना, मष्टा गाउ“पालिकाका ४ जना, दुर्गाथली गाउ“पालिकाका ३ जना र केदारस्यू गाउ“पालिकाका ३ जना रहेका स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायाण जोशीले बताए ।
यसैगरी सोमबार नै डोटी अस्पतालको प्रयोगशालामा गरिएको ८३ स्वाव परिक्षणमा रामारोसन गाउ“पालिका अछामका ११ र मंगलसैनका २ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरब श्रेष्ठले बताए ।
योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार एक सय १८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा दुई हजार तीन सय ५९, डोटीमा एक हजार ८६, अछाममा एक हजार ६८, कञ्चनपुरमा सात सय ८४, बझाङमा पा“च सय ४१, बाजुरामा चार सय ५३, बैतडीमा चार सय १३, डडेल्धुरामा तीन सय ३३ र दार्चुलामा ८१ रहेका छन ।

थप एकको मृत्यु

कैलालीको धनगढीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १ की ६३ बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
उनी असोज ७ गते अस्पताल भर्ना भएकी थिइन् । १० गते उनीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
योसंगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट कैलालीमा आठ, बझाङ, बाजुरा, अछामका दुई÷दुई, बैतडी र डडेल्धुराका एक÷एक जनाको मृत्यु भएको छ ।

थप ५१ जना निको भए

सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५१ जना निको भएर घर फर्केका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार सेती प्रादेशिक अस्पतालबाट दुई, कञ्चनपुरबाट एक, अछामबाट ४५ र डोटीबाट तीन गरी ५१ जना निको भएर घर फर्केका हुन । योसंगै प्रदेशमा कोरोनाबाट निको भएर घर फकर्नेको संख्या छ हजार एक सय एक पुगेको छ ।

बढ्दै सक्रिय संक्रमित

सुदूरपश्चिम प्रदेशमा सोमबार ५१ जना निको भएर घर फर्केसंगै सक्रिय संक्रमितको दर पनि ओरालो लाग्दै गएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सोमबारसम्म प्रदेशमा सक्रिय संक्रमितको एक हजार दुई रहेका छन ।
प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले दिएको जानकारी अनुसार प्रदेशमा सात हजार एक सय १८ कोरोना संक्रमित मध्ये एक हजार दुई सक्रिय संक्रमित रहेको जनाएको छ ।
निर्देशनालयका अनुसार सक्रिय संक्रमित सबैभन्दा बढी कैलालीमा रहेका छन । कैलालीमा चार सय सय ८४, डोटीमा एक सय ३६, अछाममा ९७, बझाङमा एक सय १७, बैतडीमा ८३, कञ्चनपुरमा ४२, दार्चुलामा ३२ र डडेल्धुरामा ११ जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।
निर्देशनालयका अनुसार बाजुरा जिल्लामा कोरोनाका सक्रिय संक्रमित नरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार