२२ बैशाख २०८१, शनिबार

माथिल्लो चमेलियामा लगानी जुट्दै



दार्चुला । दार्चुलामा रहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्था लगानीका लागि तयार भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले माथिल्लो चमेलियामा पा“च अर्ब १८ करोड रुपैया लगानी गर्नेबारे सम्झौता गरेका छन् । सोमबार आयोजना प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामामा हस्ताक्षर गरे ।

४० मेगावाट विद्युत उत्पादन क्षमताको सो आयोजनाको कूल लागत सात अर्ब ४० करोड रुपैया रहेको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले पा“च अर्ब १८ करोड लगानी गर्ने छन् भने दुई अर्ब २२ करोड रुपैया प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने जनाएको छ ।
आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्ने बताइएको छ । कम्पनीले ८.५ मेगावाट क्षेमताको नौगाडगाड जलविद्युत आयोजना निर्माण कार्य पुरा गरी २०७२ भदौ २ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको थियो ।
त्यस्तै कम्पनीले दा आठ मेगावाट क्षमताको अपर नौगडगाड जलविद्युत् आयोजना २०७६ साल कार्तिक १३ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडेको थियो ।
दुवै आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको अत्तरिया–बला“च १३२ केभी प्रसारण लाइनमा जोडिएकोे छ । आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको बला“च सवस्टेशनमा जोडिने तथा आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार