४ जेष्ठ २०८१, शुक्रबार

डडेल्धुरा र दार्चुलामा थप विओपी स्थापना



डडेल्धुरा । डडेल्धुरा र दार्चुलामा थप दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (विओपी) स्थापना भएको छ ।

डडेल्धुराको भागेश्वर गाउ“पालिका वडा नम्बर १ रुपालीगाडको सेल्टुणा तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा सशस्त्र प्रहरीको विओपी स्थापना भएको छ ।
सोमबार सेल्टुणामा स्थापना भएको विओपीको सशस्त्र प्रहरी नायव महानिरीक्षक बुढाथोकी र भागेश्वर गाउपालिका अध्यक्ष कौशिल्या भट्टले संयुक्त रुपमा उद्घाटन गरे ।
सिमा सुरक्षा र सिमा स्तम्भहरुको संरक्षण र सिमामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको विओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले बताए ।
यसअघि डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ परिगाउ“, वडा नम्बर ३ शिर्ष र वडा नम्बर ७ सा“दनीमा विओपी स्थापना भइसकेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५२ गुल्म हेडक्वाटर डडेल्धुराका गुल्मपति सन्तोष भट्टले जिल्लाका पाच स्थानमा विओपी स्थापना गर्ने निर्णय भएको बताए । उनले परशुराम नगरपालिका वडा नम्बर ६ तातोपानीमा अर्को विओपी स्थापना गर्ने तयारी भईरहेको बताए ।
त्यस्तै, दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट स्थापना गरिएको छ । सशस्त्र प्रहरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले सो बीओपीको उद्घाटन गरे ।
भारतसंग सीमा जोडिएको दत्तुमा सशस्त्रको बीओपी राख्न सरकारबाट स्वीकृती प्राप्त भइसकेकोले आइतबार बीओपी उद्घाटन गरिएको सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ ।
गत बैशाख ३१ गते त्रिदेशीय सीमा क्षेत्र नजिक व्यास गाउँपालिका वडा नम्बर १ छाङरुमा सशस्त्रको बीओपी स्थापना गरिएको थियो । अहिले सो क्षेत्रमा सशस्त्रको गुल्म उद्घाटन गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले गत शुक्रबार उद्घाटन गरेको सशस्त्रको ५० नम्बर गुल्म छाङरुको नेतृत्व डिएसपी धिरेन्द्र शाहले गरिरहेका छन् ।
दत्तु बीओपीले महाकाली नगरपालिका वडा नम्बर ९ कोे बेत, उडै, चुच्चै, सकार तथा धाप क्षेत्रसम्मको ईलाका रहने गरेर काम गर्ने जनाइएको छ ।
गत असार १८ गते दार्चुलाको सीमा क्षेत्रमा तीन वटा बीओपी स्थापना गरिएको थियो । व्यँस गाउपालिका वडा नम्बर २ दुम्लिङ, मालिकार्जुन गाउपालिका वडा नम्बर ७ जौलजीवि र लेकम गाउपालिका वडा नम्बर ३ लालीमा बीओपी स्थापना गरिएको थियो ।
त्यसैगरी व्यास गाउपालिकाको कौवा, तिकंर र सुन्सेरामा पनि सशस्त्र बीओपी राख्ने तयारी भइरहेको छ । कालापानी नजिकको कौवा क्षेत्रमा छिट्टै बीओपी स्थापना गरिने गृहमन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार