५ जेष्ठ २०८१, शनिबार

पुर्चौडी नगरपालिका अनिश्चितकालका लागि शिल



बैतडी । बैतडीको पुर्चौडी नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ । कोरोना संक्रमितको मृत्यु भएपछि नगरपालिकामा बसेको आकस्मिक बैठकले पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गर्ने निर्णय गरेको जनाइएको छ ।
आइतबारदेखि नै स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने पुर्चौडी नगरपालिकाले जनाएको छ ।
बैठकले नगरपालिकामा रहेका सबै विद्यालय, वित्तिय संस्था, सरकारी कार्यालयहरू बन्द रहने निर्णय गरेको छ । भारतको बैंग्लोरबाट फर्किएका पुर्चौडी नगरपालिका ३ का २९ वर्षीय पुरुष घर नजिकै मृत अवस्थामा फेला परेका थिए ।
मृत भेट्टिएका ती पुरुषमा शनिबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो । कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी परीक्षण गर्ने निर्णय समेत गरेको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नगरपालिकाले त्यसै ठाउ“का संक्रमितको मृत्यु पछि आफनो क्षेत्र भित्र बजार, ब्यबसाय बन्द गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार