४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा कोरोना : आइतबार ७३ जना संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार थप ७३ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल, डोटी अस्पताल र बझाङ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार बझाङ जिल्ला अस्पतालमा गरिएको ५९ जनाको स्वाव परिक्षणमा एक प्रहरी सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।
उनका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत १ प्रहरी छन्् ।
त्यसैगरी बझाङको खप्तड छान्ना गाउ“पालिकाका दुई महिला, तल्कोट गाउ“पालिकाका १ पुरुष, मष्टा गाउ“पालिकाका १५ पुरुष र ५ महिलामा समेत आइतबार कोरोना संक्रमण पुष्टि भएको सम्पर्क व्यक्ति जोशीले बताए ।
यसैगरी जिल्ला अस्पताल डोटीमा गरिएको ६५ जनाको स्वाव परिक्षणमा बोगटान फुडसिल गाउ“पालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका ल्याव इन्चार्ज सौरभ श्रेष्ठले बताए ।
पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पताको प्रयोगशालामा गरिएको चार सय चार जनाको स्वाव परिक्षणमा कैलालीका ४७ र कञ्चनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा धनगढी १, ५ र ८ नम्बर वडाका १÷१ जना, धनगढी २ का ४, वडा नम्बर ३ का तीन र ठेगाना नखुलेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसै गरी आइतबार नै गोदावरी नगरपालिकाका १३ पुरुष, टिकापुर नगरपालिकाका १४ पुरुष र सात महिला गरी २१ जना र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० का एक महिलामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

थप ५२ जना निको भए

सुदूरपश्चिम प्रदेशमा आइतबार थप ५२ जना निको भएर घर फर्केका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार सेती प्रादेशिक अस्पतालबाट तीन, टीकापुर अस्पतालबाट एक, महाकाली अस्पतालबाट आठ, कञ्चनपुरका चार, बझाङबाट ३३ र दार्चुलाबाट तीन गरी ५२ जना निको भएर घर फर्केका हुन । योसंगै प्रदेशमा कोरोनाबाट निको भएर घर फकर्नेको संख्या छ हजार १९ रहेको छ ।

सक्रिय संक्रमित संख्या एक हजार बढी

सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार बढी रहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले दिएको जानकारी अनुसार प्रदेशमा सात हजार ५१ कोरोना संक्रमित मध्ये एक हजार १७ सक्रिय संक्रमित रहेको जनाएको छ ।
निर्देशनालयका अनुसार सक्रिय संक्रमित सबैभन्दा बढी कैलालीमा रहेका छन । कैलालीमा चार सय सय ९१, डोटीमा एक सय ३९, अछाममा एक सय २९, बझाङमा एक सय, बैतडीमा ८०, कञ्चनपुरमा ३५, दार्चुलामा ३२ र डडेल्धुरामा ११ जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।
निर्देशनालयका अनुसार बाजुरा जिल्लामा कोरोनाका सक्रिय संक्रमित नरहेको जनाइएको छ ।
प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । निर्देशनालयका अनुसार कोरोनाबाट कैलालीमा सात, बझाङ, बाजुरा, अछामका दुई÷दुई, बैतडी र डडेल्धुराका एक÷एक जनाको मृत्यु भएको छ ।

कोरोनाबाट अछाममा एकको मृत्यु

अछाममा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । शनिबार सा“झ जिल्लाको बान्नीगढी जयगढ गाउ“पालिका वडा नम्बर ३, बर्दादेवीका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देवदत्त जोशीले बताए । उनी भारतबाट आएर गाउ“पालिकाले बनाएको आइसोलेसनमा बसेका थिए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जिल्ला अस्पताल अछाम लगिएको थियो । उनको शव आइतबार नेपाली सेनाले व्यवस्थापन गरेको छ । योस“गै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

उपमहानगरपालिकामा साढे तीन हजार बढीको पिसिआर परीक्षण

धनगढी उपमहानगरपालिकाले आईतबारसम्म लक्षण देखिएका र कन्ट्राक्ट ट्रेसिंगका आधारमा ३ हजार ६ सय ९९ जनाको पिसिआर परीक्षण गरेको छ ।
नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि एक महिना देखि समुदायमै क्याम्प राखेर पिसिआर परीक्षण गरिरहेको छ । बिभिन्न वडामा स्वावको नमुना संकलनका लागि क्याम्प संचालन गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए । आईतवार मात्रै बाशुदेवी मावि रघुनगरमा क्याम्प राखेर ५० जनाको स्वाव संकलन गरिएको नगरप्मुख वडले बताए ।
स्वाव दिनेहरूमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरू नै बढी भएको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए । उनले भने, क्याम्पमा कोरोना पोजेटिभ रहेकाहरूको फलोअप परीक्षणका लागि स्वाव संकलन गर्ने काम पनि भैरहेको छ । धनगढीमा अहिले सम्म ५ सय ७१ जनामा कोरोनाको संक्रमण रहेको अहेव दिपक सुनारले बताए । उनले भने जसमध्य १ सय ८९ महिला र ३ सय ८२ पुरुष संक्रमित छन्् । कोरोना संक्रमितहरू शक्रिय केश १ सय १ जना छन्् । अहिले सम्म ४ सय ६८ जनालाई निको भएको उप–महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । अहिले सम्म धनगढीमा २ जनाको कोरोनाका कारण मृत्यू भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार