२३ बैशाख २०८१, आईतवार

कालंगा जलविद्युतको सुरुङ निर्माण पुरा



बैतडी । निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूरपश्चिमकै ठुलो बझाङको कालंगा गाड जलविद्यूत आयोजनाको करिब साढे तीन किलोमिटर सुरुङ निर्माणको काम पुरा भएको छ ।
बझाङको बुगंल नगरपालिका वडा नम्बर ५ र वित्थडचिर गाउँपालिकाको वडा नम्बर ६ र ८ मा पर्ने सो सुरुङको निर्माण कार्य शुक्रबार पुरा भएको जनाइएको छ ।

सुरुङ निर्माणमा संलग्न टोलीले शुक्रबार एक कार्यक्रमबीच अन्तिम विष्फोटन (फाइनल ब्लास्ट) गरेको थियो । तीन हजार ४६८ मिटर लम्बाईको सो सुरुङबाट बुङगल नगरपालिकाको पाउटामा रहेको कालंगा नदीको पानी वित्थड चिर गाउ“पालिकाको घोडादाउनामा रहेको विद्युत गृहमा झारिने छ ।
तल्लो कालंगा गाड नाम दिइएको उक्त खण्डबाट १५.३३ मेघावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ । ‘सुरुङको ब्रेक थ्रु भएस“गै यो आयोजनाको मुख्य काम सबै सम्पन्न भएको छ’ आयोजना प्रमुख बखतबहादुर शाहीले भने– संरचनाहरुको फिनिसिंङ गर्न केही समय लाग्ने भएकोले पुसबाट मात्रै विद्युत उत्पादन सुरु हुने छ ।
उनले निर्माण सम्पन्न भएको सुरुङ पेनस्टक सुरुङ रहेको बताउ“दै सुरुङभित्र पाइप बिछ्याउने काम पनि सम्पन्न भइसकेको बताए ।
त्यस्तै, हेडवर्क, पावरहाउस, प्रसारण लाइन निर्माणको काम पनि अन्तिम चरणमा रहेकाले पुसभित्रै विद्युत उत्पादन हुनेमा विश्वस्त रहेको उनले बताए ।
कालंगागाड (१५.३३ मेघावाट), माथिल्लो कालंगागाड (३८.४६ मेघावाट) र माथिल्लो सानीगाड (१०.७० मेघावाट) गरि करिब ६५ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको यस आयोजनाको तीन वटै सेक्सनमा लकडाउनको अवधिमा पनि द्रूत गतिमा काम भइरहेको आयोजनाले जानकारी दिएको छ ।
आयोजनाले तीनवटै सेक्सनको ८० प्रतिशत काम पुरा भइसकेको र १५ प्रतिशत भन्दा बढी प्रगति लकडाउनको अवधिमा भएको जानकारी दिएको छ । यस आयोजनाको सुरुङ निर्माण कार्य १०० प्रतिशत, इन्टेक, ड्याम साइट र बक्स कल्भर्टलगायत बाहिरी संरचना निमार्णको कार्य ६५ प्रतिशत र विद्युत गृह निमार्णको कार्य ९५ प्रतिशत भन्दा बढी सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार