२१ बैशाख २०८१, शुक्रबार

भजनीमा सामाजिक सेवा दिवस मनाइयो




३४४ बाढी पीडितलाई राहत वितरण


भजनी / भजनीका नगर प्रमुख शेरबहादुर चौधरीले बाढीको स्थायी समाधान खोज्न जरुरी भएको बताएका छन् ।

४१ औ सामाजिक सेवा दिवसका अवसरमा भजनीमा भएको संक्षिप्त छलफल कार्यक्रममा बोल्दै उनले भजनीको समस्या बाढी रहेको बताए । उनले भने भजनीका जनतालाई यो वर्षको बाढीमा विभिन्न १५÷१६ वटा सामाजिक संस्थाले सहयोग गरेको बताए ।

संघ, संस्थाले सहयोग गर्नु राम्रो तर जनताले बाढीको स्थायी समाधान खोजेकोले त्यतातिर पनि ध्यान दिन उनले आग्रह गरे ।

हामी पनि प्रदेश सहितका राज्यका निकायसंग छलफल गरेर स्थायी समाधान खोज्न लागेका छौ उनले भने ।

यो वीचमा नगरपालिकाले ५६ परिवारको स्थानान्तरण लागि सिफारिस पनि गरेको छ नगर प्रमुख चौधरीले भने, अहिले सहयोग भए पनि विकेन्द्रीत भइरहेको छ, अव हामी वस्ति सुरक्षामा पनि जानु जरुरी छ ।

सो अवसरमा उपप्रमुख छाया देवकोटाले सहयोग गर्ने संघसंस्थालाई धन्यवाद दिदै विपद्मा महिलाहरुले अझ वढी दुख पाउने भएकोले सहयोग गर्दा महिलाहरुको समस्यामा वढी ध्यान केन्द्रीत गरिदिन अनुरोध गरिन ।

सहयोगको योजना वनाउदादेखि नै महिला, अपांग, जेष्ठ नागरिकहरुकोलागि विशेष योजना वनाउन आग्रह गर्दै फाया नेपालले पटकपटकको सहयोगमा सुत्केरी, गर्भवति, अपांग र वृद्ध महिलाको लागि प्याकेज राखेर उदाहरणीय काम गरेकोमा प्रसंसा गरिन ।

नगर कार्यपालिका सदस्य कमला ज्ञवालीले बाढीले अहिलेको वाली नष्ट गरेकोले खाद्य संकट आउनसक्ने वताउदै त्यसले अव गर्ने, कसरी अघि बढ्ने भन्ने पनि सोच्न जरुरी छ भनिन् ।

स्थानीय परसुराम रानाले थारु समुदायमा परिवार संख्या ठूलो हुने भएकोले दुई तीन जना भएका परिवार र १० जना परिवार भएकालाई पनि वरावर सहयोग दिदा न्याय नहुने भएकोले परिवार संख्या अनुसार सहयोग गर्नुपर्ने सुझाव दिए ।

गैसस महासंघका प्रदेश अध्यक्ष भवराज जोशीले बाढीको स्थायी समाधानमा नगरले योजना बनाए गैसस महासंघ समन्वय र सहयोग गर्न तयार रहेको बताए ।

सामाजिक सेवा दिवसकै अवसरमा भजनी नगरपालिका वडा नम्बर ८ का ३४४ बाढी पीडित परिवारलाई शुक्रबार राहत हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख र उपप्रमुखले आइएमीमार्फत आएको राहत बाढी पीडितलाई हस्तान्तरण गरेका थिए ।

डिसिए लगायतका विभिन्न संस्थाको सहयोगमा फाया नेपाल कैलालीले संयोजन गरेर खाद्यान्नका लागि पाँच हजार र आवासका लागि चार हजार गरेर ३४४ परिवारलाई नौ हजारका दरले राहत दिइएको फायाका जनसम्पर्क तथा सूचना संयोजक धनपति ढुंगेलले बताए ।

भजनीमा साउन १४ गते आएको बाढीले तीन हजार २०० परिवार प्रभावित भएकोमा ९१६ परिवारको खाद्यान्न र बाली पूर्णरुपमा क्षति भएको नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार