२१ बैशाख २०८१, शुक्रबार

ट्रेड युनियनद्वारा निर्वाचन गर्न माग



धनगढी । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

बिहिबार नेपाल निजामती कर्मचारी युनियन(संघ) प्रदेश कार्यसमिति सुदूरपश्चिम प्रदेशल र जिल्ला कार्यसमिति कैलालीले प्रधानमन्त्रीलाई छुट्टा छुट्टै ज्ञापन पत्र बुझाई निर्वाचन स्थगित गरेकोमा आपत्ती प्रकट गर्दै निर्वाचन सुनिश्चितताको माग गरेको हो ।
टे«ड युनियनको दोस्रो निर्वाचन असोज २४ गते तोकि सम्पुर्ण तयारी पुरा भएको अबस्थामा सरकारले यहि ६ गतेको मन्त्रीपरिषदको बैठकबाट स्थगित गरेको प्रति युनियन (संघ) ले आपत्ति जनाउ“दै मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा पेशागत संगठनका रुपमा आफना प्रतिनिधि चयन गर्ने अवसर आउ“दा आम कर्मचारी उत्साहित भई तयारी रहेको अबस्थामा निर्वाचन रोकिदा आम कर्मचारी दुखित भएका उल्लेख छ । निर्वाचन रोकिनु विधिको शासन विपरित र लोकतान्त्रिक मुल्य मान्यता विपरित कार्य रहेको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा अगाडी भनिएको छ– निर्वाचनको बिकल्प फेरि पनि निर्वाचन भएकोले लोकतान्त्रिक मूल्य मान्यता र संस्कार अनुरुप अविछिन्न उत्तराधिकारवाला आधिकारिक ट्रेड युनियनको कानुनी कार्यकालसमाप्त भैसकेको अवस्थामा तुरुन्त निर्वाचन प्रकृया सुचारु गरी निर्वाचन मार्फत नै आधिकारिक ट्रेड युनियनको गठन गर्न युनियन(संघ) जोडदार माग गर्दछ ।
ज्ञापन पत्र नेपाल निजामती कर्मचारी युनियन(संघ) सुदूरपश्चिम प्रदेश कार्यसमिति अध्यक्ष नारायण प्रसाद शर्माले मुख्यमन्त्री त्रिलोचन भट्ट र कैलाली जिल्ला अध्यक्ष खेमराज जोशीले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत बुझाएका हुन्

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार