२१ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा ४६ जना कोरोना संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक, डडेल्धुरा, डोटी, बैतडी र बझाङ अस्पतालमा छ सय २७ नमुना परिक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा बिहिवार गरिएको परिक्षणमा कैलालीका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १७ जना धनगढी उपमहानगरपालिकाका बिभिन्न वडाका रहेका छन् ।
सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा तीन सय ५३ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का ४ महिला र ६ पुरुष गरी १० जना, वडा नम्बर २ का चार पुरुष र वडा नम्बर १२ का एक महिला र दुई पुरुष गरी तीन जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।
यस्तै लम्कीचुहा नगरपालिकाका दुई महिला र दुई पुरुष गरी चार जना, जानकी गाउ“पालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।
उता, डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४४ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले बैतडीको पुर्चौडी नगरपालिकाका नौ“ जना, पाटन नगरपालिकाका एक जना र डडेल्धुराको नवदुर्गा गाउ“पालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए ।
ति मध्य डडेल्धुराको नवदुर्गा गाउ“पालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय २८ जनाको कोरोना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।
संक्रमितहरु डोटीको शिखर नगरपालिका दुई जना र दिपायल सिलगढी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । संक्रमीतहरुमा ४ पुरुष छन ।
यस्तै बझाङ अस्पतालमा ८४ जनाको परिक्षण गर्दा सात जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । बझाङ अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार संक्रमण पुष्टि हुनेमा छविसपाथिभेरा गाउ“पालिकाका २१ वर्षीय पुरुष, बुंगलका २२ वर्षीया महिला र ३६ वर्षीय पुरुष, मस्टाका २० वर्षीया महिला र एक वर्षीय बालक तथा ६७ वर्षीय पुरुष रहेका छन । २९ वर्षीय पुरुषको भने स्थान खोलिएको छैन ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार आठ सय ३० पुगेको छ । जसमा सबैभन्दा बढी संक्रमित कैलालीका रहेका छन । कैलालीमा मात्र दुई हजार दुई सय २७ जना कोरोना संक्रमित रहेका छन । यस्तै, डोटीमा एक हजार ६८, अछाममा एक हजार १७, कञ्चनपुरमा सात सय ६२, बैतडीमा चार सय सात, बझाङमा चार सय ८६, बाजुरामा चार सय ५३, डडेल्धुरामा तीन सय ३३ र दार्चुलामा ७७ रहेका छन ।

थप आठ जना निको भए

सुदूरपश्चिम प्रदेशमा बिहिबार थप आठ जना निको भएर घर फर्केका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहिबार कञ्चनपुरका पा“च, बझाङको एक र डोटीका दुई जना गरि आठ जना निको भएर घर फर्केका हुन । योसंगै प्रदेशमा कोरोनाबाट निको भएर घर फकर्नेको संख्या पा“च हजार आठ सय ५५ रहेको छ ।

साढे नौ सय बढी सक्रिय संक्रमित

सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या नौ सय बढी पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले दिएको जानकारी अनुसार प्रदेशमा छ हजार आठ सय ३० कोरोना संक्रमित मध्ये नौ सय ६२ सक्रिय संक्रमित रहेको जनाएको छ ।
निर्देशनालयका अनुसार सक्रिय संक्रमित सबैभन्दा बढी कैलालीमा रहेका छन । कैलालीमा चार सय ७६, डोटीमा एक सय ३२, अछाममा एक सय, बझाङमा ९५, बैतडीमा ७९, कञ्चनपुरमा ३३, दार्चुलामा ३१ र डडेल्धुरामा १६ जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।
निर्देशनालयका अनुसार बाजुरा जिल्लामा कोरोनाका सक्रिय संक्रमित नरहेको जनाइएको छ ।
प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । निर्देशनालयका अनुसार कोरोनाबाट कैलालीमा सात, बझाङ, बाजुराका दुई÷दुई, अछाम र डडेल्धुराका एक÷एक जनाको मृत्यु भएको छ ।

एफएमका एक कर्मचारीमा कोरोना

धनगढीमा रहेको एक एफएम रेडियोमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीमा रहेको दिनेश एफएममा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
दिनेश एफएम व्यवस्थापनले दिएको जानकारी अनुसार ३७ वर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
बिहिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
केही दिनदेखि होम क्वारेन्टिनमा रहेका उनलाई संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राख्ने तयारी भएको छ ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन

डडेल्धुरामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ । नवदुर्गा गाउ“पालिका वडा नम्बर २ का ४८ वर्षीय मृतक पुरुषको शव नेपाली सेनाले अमरगढी नगरपालिका वडा नम्बर ११ स्थित रडुवाखोलामा व्यवस्थापन गरेको जनाइएको छ ।
रणबम गणबाट खटिएको सेनाको टोलीले मृतक पुरुषको शव बिहिबार दिउ“सो व्यवस्थापन गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले बताए ।
भारतबाट दुई दिनअघि मात्रै आएका मृतकलाई भारतमै कोरोना संक्रमण पुष्टि भएको खुलेको थियो । संक्रमण भएपछि उनी त्रिनगर नाका भएर सोझै नवदुर्गा गाउ“पालिका वडा नम्बर २ स्थित आफनो घर गएका थिए ।
दुई दिनपछि श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल पुगेको केहि बेरमै मृत्यु भएका उनीमा डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको थियो ।
संक्रमितको मृत्युपश्चात गाउ“ सिल गरेर उनको सम्पर्कमा आएकाहरुको खोजी गरि“दैछ । वडा नम्बर २ को कार्यालयले सूचना जारी गर्दै आवतजावत नहुनेगरी वडा सिल गरिएको जनाएको छ । पूर्वमा बेडपानी खोला, पश्चिमको बुङडा गाड, उत्तरमा अशिग्राम देवस्थल र दक्षिणमा रडुवा खोला लामाखेत गाडसम्म सिल गरिएको वडाअध्यक्ष रघुनाथ भट्टले बताए ।
त्यस्तै उनको सम्पर्कमा आएकाहरुको लगभग खोजी भइसकेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले जानकारी दिए । ‘उनको सम्पर्कमा आएकाहरुको संख्या धेरै छैन । उहा“हरुलाई ५ दिन क्वारेन्टिन बसाएपछि स्वाब लिने प्रक्रिया हुनेछ’ उनले भने ।

बझाङमा पिसिआर परीक्षण शुरु

बझाङमा बिहीबारबाट पीसीआर परीक्षण सुरु गरिएको छ । प्रयोगशाला परीक्षण गरिएका १० वटा नुमनाको रिर्पोट पुनः पुष्टिका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा एउटै नतिजा दिए पछि प्रयोगशालाबाट परीक्षण सुरु गरिएको हो ।
आवश्यक पर्दा दैनिक एक हजार नमुनाको परीक्षण गर्न सकिने भए पनि हाललाई दैनिक २ सय स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डा.सन्दिप ओखेडाले प्रयोगशाला स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दि“दै यसले जिल्लामा महामारी रोकथाममा ठूलो भूमिका निर्वाह गर्ने बताएका छन् । ‘नमुनाहरु डडेल्धुरा र धनगढी पठाउनु पर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘अब रिर्पोट आउन हप्तौं कुर्नु पर्ने छैन ।’ उनले संक्रमण फैलिएको क्षेत्रमा तत्काल द्रूत परीक्षण सेवा पनि सञ्चालन गर्न सकिने बताए ।
प्रयोगशाला सञ्चालनमा आए पछि समयमै परीक्षणको नतिजा आउने र क्वारेन्टाइनमा स्थानीय तहले गरिरहेको खर्चभार पनि कम हुने जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर खड्काले बताए ।
जिल्लाका सबै पालिकाहरुको लगानीमा प्रयोशालाका उपकरण र जडान गर्दा १ करोड २५ लाख रुपैया“ खर्च भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । प्रयोगशाला स्थापनाको लागि यहा“का १० वटा गाउ“पालिकाले १०÷१० लाख र जिल्ला समन्वय समिति र २ वटा नगरपालिकाले १५÷१५ लाखका दरले रकम संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार