२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा थप ७९ जनामा कोरोना संक्रमण



धनगढी । कैलालीका ३५ सहित सुदूरपश्चिमका थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण भएकोमा ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा चार सय ३८ जनाको कोरोना परीक्षण गरिएकोमा बुधवार ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर २ का आठ जना र धनगढी उप–महानगरपालिका वडा नम्वर १३ का आठ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै धनगढीकै वडा नम्वर १, ३ र ५ का दुई÷दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
कैलालीको गोदावरी नगरपालिकाका आठ जना, भजनीका एक र कञ्चनपुरको कृष्णपुरका एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप आठ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा आठ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषालले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका आठ जना अछाम जिल्लाको तुर्माखाद गाउ“पालिकाका हुन् ।
यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ७२ जनाको कोरोना परीक्षण भएकोमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । डोटीको आदर्श गाउ“पालिकाका १३, दिपायल सिलगढीका चार, अछामको रामारोशनका १६ र मेल्लेखका दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार