२३ बैशाख २०८१, आईतवार

मालपोत कार्यालय सिल



धनगढी । भूमि सुधार तथा मालपोत कार्यालय कैलालीमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि आज शुक्रवार सम्मका लागि कार्यालय सिल गरिएको छ ।

मंगलवार सा“झ सेती प्रादेशीक अस्पतालले प्रकाशित गरेको विज्ञप्तिमा कर्मचारीका कोरोना देखिएपछि शुक्रवार सम्मका लागि कार्यालय सिल गरिएको भुमी सुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख मालपोत अधिकृत सुरेन्द्र केसीले जानकारी दिए । उनले कार्यालयमा रहेका ५० जना कर्मचारीको पिसिआर गरिने बताए । कार्यालय सिल भएपछि सम्पुर्ण सेवा बन्द भएको छ ।
तीन महिनादेखि सेवा बन्द भएकाले आइतवारदेखि सेवाग्राहीको भिड बढेको थियो, उनले भने– सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्नका लागि आग्रह गर्दा समेत मान्दैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार