२३ बैशाख २०८१, आईतवार

नम्र स्वभाव कडा कारवाही





डडेल्धुरा / जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले सडक दुर्घटना न्यूनिकरणका लागि नयाँ अभियान सुरु गरेको छ ।

ट्राफिक प्रहरीले आफ्नो सेवालाई थप प्रभावकारी गराउन सवारी चालकलाई नमस्कार गर्दै चालकले ट्राफिक नियम पालना गरे नम्रबोली र नियम उल्लंघन गरे कडा कारबाही गर्ने रणनीति अपनाएको छ ।

बन्दाबन्दीको लामो समयपछि यातायात सञ्चालनमा आएकाले यात्रुहरुसंग नम्र व्यवहार सहित सुरक्षित यात्राको शुभकामना सहित डडेल्धुरामा ट्राफिक प्रहरीले चालकलाई नमस्कार सहितको नम्र व्यवहार कार्यक्रम सुरु गरेको छ ।

सवारी चालक सावधान नहुँदा सवारी दुर्घटना हुने गरेकाले चालकलाई जिम्मेवार बनाउन नम्र व्यवहार र कडा कारवाही अभियान थालनी गरिएको जिल्ला ट्राफिक कार्यालय डडेल्धुराका प्रमुख देवबहादुर खत्रीले बताए ।

ट्राफिक प्रहरीले चालकहरुलाई व्यवहारिक र मितव्ययी बनाउदै सुरक्षित यात्राका लागि थप हौसला प्रदान गर्न सो कार्यक्रमको शुभारम्भ गरेको हो, ट्राफिक प्रमुख खत्रीले भने ।

ट्राफिक प्रहरीले सुरु गरेको सो अभियान अन्र्तगत असोजको पहिलो साता सम्झाई बुझाई गर्ने र एकसातापछि नम्र व्यवहार संगै नियम उल्लंघन गनेर््लाई कडा कारवाही गर्ने खत्रीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले डडेल्धुराको स्याउलेबाट सो अभियान थालनी गर्दा सवारी चालक निकै खुसी भएका छन् । सवारी चालक अनुमति पत्र र गाडीका कागजपत्रहरु हेर्दा सम्मानपूर्वक व्यवहार गरेको सवारी चालक दिपेन्द्र भट्टले बताए ।

सुदुरपश्चिमको ट्रान्जिट पोईन्ट स्याउलेमा गरिएको सम्मान सहितको चेकचाँजले दुर्घटना न्यूनिकरणमा ठुलो सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । लकडाउन खुकोलोसंगै सवारी साधनको चहलपहल बढ्ने भएकाले सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले शान्त स्वभावमा यात्रुहरुलाई सचेतना जगाउने अभियान थालेको हो, प्रहरी नायव उपरीक्षक नेपालले भने ।

उनका अनुसार ग्रामीण क्षेत्रमा गुड्ने सवारी साधनहरुमा यात्रुसख्या बढी र टिकट चर्को रहेको गुनासो आएकाले छड्के चेकजाँजका लागि ट्राफिक प्रहरीलाई ग्रामीण क्षेत्रमा समेत पठाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार