२३ बैशाख २०८१, आईतवार

पत्रकार चाैधरीलाई युवा पत्रकारिता पुरस्कार



धनगढी । कैलालीको टीकापुरबाट कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गणेश चौधरीले युवा पत्रकारिता पुरस्कार पाउने भएका छन् ।

प्रेस काउन्सिलले आफ्नो ५१ औँ वार्षिक उत्सवको अवसरका पत्रकार चौधरीलाई युवा पत्रकारिता पुरस्कार दिन निर्णय गरेको हो ।

सो पुरस्कारवाफत् पत्रकार चौधरीले १५ हजार रूपैयाँ सहित युवा पत्रकारिता पुरस्कार पाउने प्रेस काउन्सिलले जनाएको छ ।

चौधरी सहित देशका २३ जनाले विभिन्न विधामा पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार