२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा संक्रिय संक्रमित ६३७ जना



धनगढी । सुदूरपश्चिम प्रदेशमा नोवेल कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सुदूरपश्चिममा कोरोनाका संक्रिय संक्रमितको संख्या ६ सय ३७ जना पुगेको छ । जसमध्ये चार सय ४९ जना संस्थागत आइसोलेसनमा छन् भने एक सय ८८ जना होम आइसोलेसनमा बसेका छन् ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म प्रदेशमा संक्रिय संक्रमितको संख्या आठ सय ७८ जना थियो । सोमबार दुई सय ४१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् ।
यसैगरी, धनगढी उपमहानगरपालिकामा सोमबार संक्रिय संक्रमितको संख्या एक सय चार जना रहेको छ । जसमा ३५ जना महिला र ६९ जना पुरुष रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । धनगढीमा ६ महिला र ६ पुरुष गरी १२ जना सोमबार संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सुदूरपश्चिममा सोमबार ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाए । उनले अछामका ३ पुरुष, कञ्चनपुरका २ महिला र ५ पुरुष, कैलालीका १३ महिला र २४ पुरुष, डडेल्धुराका ४ पुरुष, डोटीका १ पुरुष, बझाङका ७ महिला र ९ पुरुष, बाजुराका १ पुरुष र बैतडीका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको जनाए ।
हालसम्म सुदूरपश्चिममा छ हजार सात सय सात जनामा कोरोना संक्रमण पुष्टी भएकोमा छ हजार २ सय ५४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
धनगढीमा सोमबार ८ महिला र ६ पुरुष गरी १४ जना संक्रमित थपिएका छन् । कुल संक्रमित संख्या चार सय ८४ जना मध्ये तीन सय ७८ जना संक्रमण मुक्त भएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार