२२ बैशाख २०८१, शनिबार

आन्तरिक राजश्व बढेन



धनगढी । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अन्त्य भए पनि सुदूरपश्चिम प्रदेशमा आन्तरिक राजश्व संकलनमा बृद्धि हुन सकेको छैन ।

आन्तरिक राजश्व कार्यालय, धनगढीले चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा लक्ष्यभन्दा बढि राजश्व संकलन गरे पनि दोस्रो महिना (भदौ) मा भने कम राजश्व मात्र संकलन भएको छ ।
आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना (साउन) मा लक्ष्यभन्दा २६ प्रतिशत बढि राजश्व संकलनको थियो । तर, भदौमा भने ९८ प्रतिशत मात्रै राजश्व संकलन भएको जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो महिना ५५ करोड २१ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन लक्ष्य निर्धारण गरिएको थिया । आन्तरिक राजश्व कार्यालयका अनुसार सो महिना १२५.९१ प्रतिशत अर्थात् ६९ करोड ५२ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत भागीराम केसीले भदौमा २५ करोड ५४ लाख २३ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा २५ करोड १४ लाख ६६ हजार रुपैयाँ (९८.४५ प्रतिशत) मात्रै राजश्व संकलन भएको बताए ।


उनले चालू आर्थिक वर्षको साउन महिनामा लकडाउन खुला भएको र भदौ महिनामा कैलाली जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकोले पनि राजश्व संकलनमा गिरावट आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार