३१ बैशाख २०८१, सोमबार

धनगढीमा संविधान दिवस मनाइयो




धनगढी / सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनवहादुर थापाले २०७२ सालको उत्कृष्ट संविधानले गर्दा नेपालको संसारभर राम्रो पहिचान बनेको बताएका छन् ।

कोरोनाको महामारीमा पनि परम्परा जोगाउन प्रदेश सभा सचिवालयले संविधान दिवसका अवसरमा संक्षिप्त कार्यक्रम राखेको बताउदै सभामुख थापाले २० हजार जतिको ज्यान गएर बनेको संविधानले जनतालाई बलियो बनाएको बताए ।

यो संविधान बनाउन निक्कै धेरै खर्च भए पनि संसारमै जनताको धेरै सहभागितामा बनेको संविधान भएको उनले दावी गरे ।

राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख, उपसभामुख छनौटका पनि विशिष्ट र फरक विशेषता भएको चर्चा सभामुख थापाले गरे ।

यो संविधान आएपछि जनतालाई धेरै अधिकारका साथै सुविधा मिलेको दावी गर्दे उनले संविधानका वारेमा अझै सकरात्मक चर्चा हुन नसकेको बताए ।

एउटा उदाहरण अहिले कुनै महिलाले बच्चा पाउन नसके वा अरु कुनै नागरिकले उपचार पाउन नसके हेलिकोप्टरबाट उद्धार गरिने गरिएको राम्रो व्यवस्था पहिले थिएन उनले भने ।

सो अवसरमा उपसभामुख निर्मला जोशी, नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, नेपाली कांग्रेसका सचेतक टेकबहादुर रैका, पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवर गोविन्द र प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार