३१ बैशाख २०८१, सोमबार

बाजुराको स्याउ धनगढीमा विक्री हुँदै




धनगढी / बाजुरामा फलेको स्याउ यसवर्ष पनि धनगढी ल्याइएको छ ।

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीका अनुसार ‘जसले एकपटक खायो, उसले स्वाद थाहा पायो’ भन्ने नाराकासाथ बाजुराको स्वामीकार्तिक गाउँपालिकाको जुकोट र बुढीनन्दा नगरपालिकाको पाण्डुसैन लगायतका क्षेत्रका विभिन्न गाउँमा फलेको स्याउ धनगढी ल्याइएको हो ।

धनगढीमा बाजुराको स्याउ प्रतिकिलो १२० रुपियाँका दरले बिक्री भैइरहेको छ । धनगढी चौराहाको हिमाली होटलका सञ्चालक सुरेन्द्र थापाले बाजुराको आर्गानिक स्याउ लिनेहरु बढेको बताए ।

भारतीय लगायत अन्यत्रवाट बजारमा आएको स्याउको मूल्य १०० रुपियाँ भए पनि बाजुराको १२० रुपियाँको स्याउ किन्न ग्राहकहरु तयार भएको थापाले बताए ।

बाजुरामा २३० हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्ने गरिएको छ ।

धनगढी पुगाइएको स्याउ बारे किन्दै पुगेका सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह । साथमा प्रदेश सभा सदस्य वलदेव रेग्मी ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार