३१ बैशाख २०८१, सोमबार

श्राद्धको खाना खाँदा एकको मृत्यु, २८ जना अस्पताल भर्ना



धनगढी / गोदावरी नगरपालिका–१० मालाखेतीमा श्राद्धको खाना खाएर विरामी परेका १८ वर्षीय सुरेन्द्र बोहराको ज्यान गएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जनाइएको छ ।

भदौ २८ गते श्राद्धको खाना खादा २८ जना विमारी भएका थिए । श्राद्धमा खाना खाएका सबै जना विरामी परेका थिए ।

सबै विमारीलाई अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा उपचार नभएका १५ जनालाई भने मङ्गलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा र माया मेट्रो अस्पतालमा ल्याइएको छ ।

ती मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । सेती प्रादेशिक अस्पतालका कनसल्टयान्ट फिजिशियन डा. निरञ्जनदत्त शर्माका अनुसार विरामी परेका व्यक्तिहरुलाई हैजाको लक्षण देखिएका छन् ।

खीर, तरकारी, आचार र खानाका कारण झाडा पखाला तथा पेटको समस्या देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार