२३ बैशाख २०८१, आईतवार

दुर्गमका विद्यालयमा सूचना प्रविधि जडान




बैतडी / जनप्रतिनिधि र स्थानीय सरोकारवालाले हातेमालो गरेपछि बिजुली बत्ती नै नपुगेको दुर्गम गाउँको विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना भएको छ

विद्यालयमा सूचना प्रविधि जडान गर्न नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, गाउँपालिका अध्यक्ष र प्रदेशसभा सदस्यले संकयुक्त पहल चालेपछि बिजुली बत्ती नै नपुगेको बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाको नागार्जन माविमा सूचना प्रविधि प्रयोगशाला स्थापना भएको हो ।

सरोकारवाला निकाय सबैको सहयोगमा दुर्गम गाउँको विद्यालयमा चार हजार ८०० सय वाटको सोलार प्रविधिसहितको सूचना प्रविधि प्रयोगशाला स्थापना भएको नागार्जुन माविका प्रधानाध्यापक महामलसिंह साउदले बताए ।

शिवनाथ–१, बैतडीको नागार्जुन मावि शर्मालीमा सूचना प्रविधि प्रयोगशाला स्थापना भएपछि दुर्गम गाउँका एकहजार विद्यार्थीले पहिलो पटक विद्यालयमा कम्प्युटर देख्न पाएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, गाउँपालिका अध्यक्ष कर्ण साउदको पहलमा सोलार जडान भएको र सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टको पहलमा चार कोठे भवन बनेपछि दुर्गम गाउँको विद्यालयको मुहार नै फेरिएको विद्यालयका प्रधानाध्यापक साउदले बताए ।

सूचना प्रविधि जडान भएपछि प्राविधिक धारतर्फ बाली विज्ञान विषयको पढाई गरिरहेका विद्यार्थीलाई सूचना प्रविधिले ठूलो सहयोग पु¥याउने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए ।

बिजुली बत्ती नै नभएको गाउँको विद्यालयमा सूचना प्रविधि प्रयोगशालाको स्थापनाले दुर्गम गाउँका विद्यार्थीको सूचना प्रविधिमा पहुँच पुगेको प्रधानाध्यापक साउदको भनाइ छ ।

विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न विद्यालयका भूतपूर्व विद्यार्थीले अभियान समेत सञ्चालन गरेका थिए आजको गोरखापत्रमा समाचार छ ।

#school #baitadi #gokrna dayal

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार