२३ बैशाख २०८१, आईतवार

कोरोना र बाढी प्रभावितलाई राहत वितरण



धनगढी । कैलालीको भजनी नगरपालिकाका कोरोना तथा बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

याक नेपाल संस्थाले नोवेल कोरोना भाइरसका कारण रोजगारी गुमाएर दैनिक गुजारा गर्न समस्या परेका तथा बाढी प्रभावित परिवारलाई शनिबार राहत सामग्री वितरण गरेको जनाएको छ ।
याक नेपालका कार्यक्रम संयोजक देवी प्रसाद खनाललृ भजनी नगरपालिका वडा नम्बर ३ का ५९ विपन्न परिवारलाई राहत वितरण गरिएको जानकारी दिए ।
भजनी नगरपालिका उपप्रमुख छाया देवकोटाको उपस्थितिमा संस्थाले प्रतिपरिवार २५ किलो चामल, दुई किलो नुन, दुई किलो दाल, एक लिटर तेल र दुई वटा सावुन वितरण गरिएको थियो ।
सो अवसरमा नगर उपप्रमुख देवकोटाले बाढी तथा कोरोना प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिन् । उनले कोरोना तथा बाढी प्रभावित परिवारहरुलाई राहत वितरण गरेकोमा याक नेपाललाई धन्यवाद व्यक्त गरिन् ।
याक नेपालका महासचिव हृदय पुजाराले विपदका कारण दैनिक हातमुख जोर्न समस्या परेका नागरिकहरुलाई संस्थाले सहयोग गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार