२२ बैशाख २०८१, शनिबार

दिनेश एफएममाथिको आक्रमणको चौतर्फी विरोध



धनगढी । थुनुवाको मृत्युको समाचारको विषयमा दिनेश सञ्चार गृह र गृहमा कार्यक्रम सञ्चारकर्मीहरुमाथिको आक्रमणको चौतर्फी विरोध भएको छ ।

गृहको कार्यकक्षमै गएर एक समुहले पत्रकार माथि कुटपिट गरेको भन्दै नेपाल पत्रकार महासंघ कैलाली शाखा, प्रदेश समित लगायत पत्रकारहरुको विभिन्न संघसंगठन र पत्रकारहरुले गम्भिर आपत्ति जनाएका हुन् । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग समेत गरेका छन् ।
समाचारप्रति विमति भए कानूनी कारवाहीको मार्ग हुदाहुँदौ समाचार कक्षमै गएर पत्रकारलाई कुटपिट गरी प्रेस स्वतन्त्रता गरेको महासंघले घटनाको विरोध जनाएको छ ।

प्रहरी हिरासतभित्र युवकले आत्महत्या गरे भन्ने विषयमा प्रकाशित समाचारका विषयको बिषय बनाएर सञ्चार गृहमै गएर १५÷२० जना युवा समूहले गृहका सहसम्पादक जनकसिंह विष्ट लगायतका पत्रकारहरुमाथि आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार