२३ बैशाख २०८१, आईतवार

हिरासतमा थुनुवाकाे मृत्यु



धनगढी । प्रहरीकाे हिरासतमा रहेका एक जना थुनुवाकाे मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्रयालय कैलालीकोे हिरासतमा मृत्यु भएका धनगढी वडा नं. ५ का १९ वर्षीय राेशन विककाे झुण्डिएकाे अवस्थामा शुक्रबार शव फेला परेकाे हाे । जिल्ला प्रहरी कार्यालयले थुनुवा विकले अत्महत्या गरेकाे जनाएकाे छ ।

केही दिन अगाडी चोरी मुद्रामा पक्राउ परेका विकलार्इ प्रहरीले धनगढीकाे वडा नम्बर १ बाट पक्राउ गरेकाे थियाे । विकले थुनुवा कक्षको शौचालयमा झु्ण्डिए आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए ।

यद्दपि, विकका परिवारका सदस्यहरूले अात्महत्या नभर्इ हत्या भएकाे भनि अान्दाेलित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार