२३ बैशाख २०८१, आईतवार

बैतडी बलत्कार घट्ना : तीन जना पक्राउ




बैतडी / बैतडीको सिगासमा १७ वर्षीय किशोरीमाथि बलात्कार गर्ने पाँचमध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आरोपितहरु शिक्षक खडक बोहरा, केशब बोहरा र रामसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडितहरुमध्ये खडक पीडित बालिकालाई पढाउने शिक्षक भएको बताइएको छ । भने केशव गाउँपालिकाका करार सेवाका कर्मचारी हुन्। रामसिंह भने स्थानीय सर्वसाधारण भएको बताइएको छ ।

अन्य दुई जनालाई पनि पक्राउ गरिने तयारी भएको प्रहरी जनाएको छ ।

मंसिरमा बलत्कारमा परेकी युवतीको चैतमा विहे भएको थियो । विहे भएको छ महिना नपुग्दै उनले साउन २१ गते वच्चा जन्माएकी थिइन । ती किशोरीलाई प्रहरीले दुई दिन लगाएर उद्धार गरेर आजै सदरमुकाम ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले किशोरीको साथमा एक महिनाको बच्चा, उनका श्रीमान र दाइ पनि सदरमुकाम आएको बताए ।

#Rapecase #baitadi #anumodankhabar

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार