३ जेष्ठ २०८१, बिहीबार

शिक्षक सहित पाँच जनाबाट बलात्कृत किशोरीको प्रहरीद्धारा उद्धार




बैतडी । आफूलाई पढाएका शिक्षकहरुले बलत्कार गर्छ भन्ने कल्पना कसैले गर्न सकिदैन । तर बैतडीमा आफैलाई पढाउने दुई शिक्षक सहित पाँच जनाको बलत्कारमा परेर बच्चा जन्माउन बाध्य भएर अलपत्र परेकी १७ वर्षीया एक किशोरीको प्रहरीले उद्धार गरेको छ ।

गत मंसिरमा बलत्कार परेकी ती महिलाले चैतमा विहे गरेकी थिइन । तर विहे भएको छ महिनामै २१ दिनअघि वच्चा जन्माएपछि उनी बलत्कारमा परेको घट्ना सार्वजनिक भएको हो ।

म दुई शिक्षक, सिगास गाउँपालिकाका एक कर्मचारी सहित पाँच जनाबाट पटकपटक वलत्कारमा परे त्यसपछि परिवारले चैतमा विहे गराइ दिएको हो पीडित किशोरीले भनिन बलत्कार गरेको कुरा बाहिर ल्याए नराम्रो हुने धम्की मलाई उनीहरुले दिएका थिए ।

बच्चा जन्मेपछि उनका श्रीमानले किशोरीलाई अस्वीकार गरेपछि अलपत्र परेकी किशोरीलाई मंगलबार उद्धार गरेर सदरमुकाम ल्याइएको हो ।

विकट सिगास गाउँपालिकाबाट प्रहरीले दुई दिन लगाएर उनको उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले किशोरीको साथमा एक महिनाको बच्चा, उनका श्रीमान र दाइ पनि सदरमुकाम आएको बताए ।

उद्धार गरेर ल्याएकी पीडित किशोरी र उनका परिवारको कुरा सुन्ने काम भइरहेको जिल्ला उनले बताए ।

गत मङ्सिरमा सिगास गाउँपालिकाका कर्मचारी र स्थानीय विद्यालयका दुई शिक्षकले पटक पटक बलत्कार गरेको किशोरीको भनाई छ ।

बलात्कार भएको घटना सार्वजनिक हुँदा पनि गाउँपालिका र वडा कार्यालयले गाउँमै पैसा दिएर मिलोमतो गर्न दवाव दिएको पीडित परिवारको भनाइ रहेको छ ।

किशोरीको कुरा सुनेर घटनाको गहिराइसम्म पुगेर अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न भनिएकाहरु प्रहरीको निगरानीमै भएकोले तत्काल पक्राउ गरिने प्रहरीले जानकारी दिएको छ ।

#Baitadi #RapeCase #anumodankhabar

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार