२३ बैशाख २०८१, आईतवार

धनगढीमा समुदायबाट थप ४५ जनाको स्वाव संकलन



धनगढी । धनगढी उप–महानगरपालिकाले आईतबार वडा नं १ स्थित कर्भड हलमा क्याम्प राखेर पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको छ ।

स्वाव दिनेहरुमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु रहेका छन् । समुदायबाट ४५ जनाको स्वाव संकलन गरिएको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अहेव दिपक सुनारले बताए । नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि पिसिआर परीक्षणको दायरा बढाईएको छ ।

उप–महानगरपालिकाले समुदायबाट ट्रेसिङ्ग गरेर आईतबार सम्म २ सय ७७ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार