२३ बैशाख २०८१, आईतवार

उपमहानगरपालिकामा पिसिआर परीक्षणको दायरा बढाईयो



धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए संगै पिसिआर परीक्षणको दायरा बढाईएको छ ।

धनगढी उप–महानगरपालिकाले बिहिबार धनगढी टिम्वर कर्पोरेशन अगाडी र बेली नगरप्रवद्र्धन केन्द्रमा स्वाव लिने काम गरेको छ । उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमका अनुसार बिहीबार वडा नं ७ मा रहेको नगरस्वास्थ्य प्रवद्र्धन केन्द्रमा ६५ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । वडा नं १ स्थीत टिम्वर कर्पोरेशन अगाडी ७० जनाको स्वाव संकलन गरिएको छ ।

उप–महानगरपालिकाका अहेव दिपक सुनारले स्वाव दिनेहरुमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु नै बढी भएको बताए । समुदायमा संक्रमण देखिएकाले चेकजाँचको दायरा बढाउनु जरुरी छ अहेव सुनारले भने, अझै बढाउनुपर्छ । धनगढी उप–महानगरपालिकामा अहिले सम्म २ हजार ६ सय ६८ जनाको पिसिआर परीक्षण गरेको छ । जसमा २ सय ५८ जनामा संक्रमण भेटिएको छ । बिहीबार स्वाव संकलन गरिएका १ सय ३५ जनाको पिसिआर परीक्षण भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार