२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिम प्रदेशमा थप ६१ जनामा कोरोना संक्रमण



धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहिबार थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा नौ सय ३९ जनाको स्वाव परिक्षण गरिएकोमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशीक अस्पतालको बिहिवारको परिक्षणमा कैलालीका ४८ सहित ५० जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा चार सय ८५ जनाको स्वाव परिक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको हो । बिज्ञप्ती अनुसार धनगढी ५ का १५ जना, धनगढी कैलालीका १३ जना, कैलारी गाउपालिका ४ का एक जना, लम्की चुहा नगरपालिकाका ५ जना, गोदावरी १ का एक जना, जानकी गाउपालिका १ का एक जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कंचनपुरको बेदकोट नगरपालिका ३ का एक जना र ठेगाना नखुलेका एक जनामा पनि संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

उता, जिल्ला अस्पताल डोटीको प्रयोगशालामा विहिबारको परिक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई सय १० जनाको कोरोना परीक्षण गरिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।

उनले दिएको जानकारी अनुसार अछामको चौरपाटी गाउ“पालिका ४ की एक महिला र सोही गाउ“पालिका वडा नम्बर २ र ७ का एक/एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४४ जनाको परीक्षण गरिएकोमा आठ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशालाका ईन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार डोटीको जोरायल गाउपालिकाका चार जना, अछामको मेल्लेख गाउपालिकाका १ जना, चौरपाटी गाउपालिकाका एक जना, बझाङको बुंगल नगरपालिकाका एक र जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक जना प्रहरीमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार