२२ बैशाख २०८१, शनिबार

खुकुलो बनाउदै निषेधाज्ञा ३१ गतेसम्म जारी गरियो



धनगढी । कैलाली जिल्लामा भदौ ४ गतेदेखि जारी निषेशधाज्ञा विभिन्न सेवा सञ्चालन गर्न पाउने गरेर भदौ ३१ सम्म लागू गरिने भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसमम निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्।

जारी आदेश अनुसार भदौ १९ गते मध्यरातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । यस्तै गरेर ५० प्रतिशत यात्रु मात्रै बोक्न पाइने छ।

व्यापार व्यवसाय पनि विहान ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार