२ जेष्ठ २०८१, बुधबार

२५ सयमै पिसिआर परीक्षण गर्दै स‍ेती अस्पताल



धनगढी- सेती प्रादेशिक अस्पताल धनगढीले २ हजार ५ सय रुपैयाँमा नै पिसिआर परीक्षण गर्ने भएको छ। सरकारले केही दिन अघि मात्र पिसिआर परीक्षणको ५ हजार ५ सयबाट घटाएर ४ हजार ४ सय कायम गरेको थियो। तर त्यसको केही दिन पनि बित्न नपाउँदै सेती अस्पतालले सो भन्दा पनि करिब २ हजार सस्तोमा पिसिआर परीक्षण गर्ने जानकारी दिएको हो। 

भदाै १५ गते अस्पताल व्यवस्थापन समितिलगायतका सरकारी निकायका अधिकारीहरू बसेर २ हजार ५ सयमा नै पिसिआर परीक्षण गर्ने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले जानकारी दिए। 

सरकारले तोकेभन्दा बाहिरका स्वेच्छाले पिसिआर परीक्षण गर्नेहरूका लागि यो शुल्क लाग्ने तर सरकारले सिफारिस गरेकाहरूका लागि भने निशुल्क परीक्षण हुने अस्पतालले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार