४ जेष्ठ २०८१, शुक्रबार

जानकीनगरमा १४ वर्षीया बालिकाको सामूहिक बलत्कार



टीकापुर । कैलालीको जानकी गाउँपालिकामा १४ वर्षीया एक बालिका भदौ ११ गते राति सामूहिक बलत्कारमा परेको खुलासा भएको छ ।

पीडित बालिकाले इलाका प्रहरी कार्यालय टीकापुमा दिएको बयान अनुसार राति पल्लो घरमा रहेका बुबासंग मोवाइल माग्न जाने क्रममा उनी चार जनाद्धारा बलत्कृत भएकी हुन ।

मलाई अपहरण गरेर नजिकैको खेतमा लगेर त्यो समूहले बलात्कार गरेको हो उनले प्रहरीलाई भनेकी छन् । उनले पीडकहरुका विरुद्धमा बालिकाले शनिबार प्रहरीलाई बयान दिएकी हुन् ।

पारिवारिक स्रोतका बलत्कार लुकाएर बसेकी ती किशोरीको अवस्था बारे उनका साथीहरुले खोजी नीति गर्ने क्रममा भदौ १२ गते साँझ मात्रै उनले आफू बलात्कृत भएको बताएकी थिएन ।

त्यसपछि प्रहरीलाई खबर भएको थियो । सोही खबरका आधारमा प्रहरीले पीडकको घरमा छापा मारेको भए पनि उनीहरु भेटिएनन् ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले बताए ।

पीडित बालिकाको स्वास्थ्य जा“च गरिएको प्रहरी नायव उपरीक्षक न्यौपानेले भने कानूनी प्रक्रिया पूरा गरेर जाहेरी लिएका छौं, पीडकको खोजी कार्य गरिरहेका छौं ।


बालिकाकी आमा कामको सिलसिलामा भारतमा रहेको बताइएको छ उनी बाजे, बज्यै र बु्बासंगै बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार