४ जेष्ठ २०८१, शुक्रबार

कैलालीको चर्चित ‘डाँका समूह’ २० वर्षपछि पक्राउ, १७० वर्ष कैद



धनगढी । कैलालीको निक्कै डरलाग्दो चार जनाकोडाँकाको समूह २० वर्षपछि पक्राउ परेको छ । कैलाली प्रहरीले सो समूहलाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा कैलाली जोशीपुर घर भएका ४५ वर्षीय क्रमराज थापा उर्फ रोहगी, ४९ बर्षिय भगत चौधरी उर्फ रोहिना, ३८ वर्षीय गुन सिंह कठरिया उर्फ कालु र भजनी नगरपालिका–६ बस्ने ४७ वर्षीय टिकाराम चौधरी उर्फ डगौरा छन् ।

माओवादीको चर्को संघर्ष चलेका बेला समेत डकैतीको साम्राज्य बनाएको त्यो समूहलाई घर गृहस्थी गरिरहेको बेला सम्वन्धितहरुको घरघरबाटै नै प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी प्रतिक बिष्टले अनुमोदन खवरलाई पठाएको इमेलमा उल्लेख छ ।

पक्राउ परेका मध्ये क्रमराज थापा उर्फ रोहगी र भगत चौधरी उर्फ रोहिनालाई प्रहरीले यसअघि पनि पक्राउ गरेर जेल हालेको थियो तर ०६१ माघ २७ मा तत्कालिन बिद्रोही माओवादीले कैलाली कारागारमा आक्रमण गर्दा उनीहरु पनि भाग्न सफल भएका थिए ।

जोशीपुरका ४५ वर्षीय क्रमराज थापा उर्फ रोहगी सबैभन्दा ठूला डाँका हुन् । उनले वर्दगोरिया र जोशीपुर गाउँपालिकाका विभिन्न वडाका ८ ठाउँमा डाँका चोरी गरेका छन् ।

उनीहरुलाई जिल्ला अदालत कैलालीले दोषी ठहर गरेर कैद गर्ने फैसला सुनाइ सकेको थियो । सबैको जेल बस्नु पर्ने कैद अवधी १७० वर्ष छ जसअनुसार थापाले ८७ वर्ष कैद बस्नु पर्ने हुन्छ ।

यस्तै गुनसिंह चौधरी कालुले ३९ वर्ष, टीकराम चौधरीले ३८ वर्ष र भगत चौधरी रोहिनाले छ वर्ष जेल बस्नु पर्ने फैसला अदालतले गरेको छ ।

उनीहरुले ०५७ सालमा कैलालीको मध्य क्षेत्रमा दर्जनौ लुटपाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार