४ जेष्ठ २०८१, शुक्रबार

वन अतिक्रमण क्षेत्र हटाइदै



धनगढी । डिभिजन वन कार्यालय धगनढीले सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने कैलालीको भीमदत्त राजमार्ग छेउका वन अतिक्रमण हटाएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएसंगै आसपासमा वन अतिक्रमण गरि सोही क्षेत्रका स्थानीयहरुले व्यापार गरिरहेका छन । राजमार्गको छेउछाउमा रहेका हरिया डाँडा काँटी साना टहरा लगाएर स्थानीयहरुले व्यापार सञ्चालन गरिरहेका छन ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले वन अतिक्रमण हटाइएको बताए ।

उनले भने –‘पहिलेदेखिनै हामीले पटक–पटक गोदावरी र चुरेका डाँडामा भइरहेको वन अतिक्रमण हटाएका थियौं । तर, हटाएको भोलीपल्टनै आएर बसीहाल्छन ।’ डिभिजन वन कार्यालय धनगढीले गोदावरी नगरपालिका गाइमारा डाँडामा बनाइएको छ वटा टहरा, त्यसअघिको डाँडामा बनाइन लागेको काठको टहरा, सेल्फी डाँडाको खोका र वनभित्रै बनाइएको पक्की घर भत्काइएको जनाइएको छ ।

यसअघि पनि वन कार्यालयले यी टहराहरु भत्काउँदै आएको थियो । तर, भत्काएको भोलीपल्टनै पुनः टहरा निर्माण गरिने गरेको स्थानीयहरुले जानकारी दिएका छन ।

सुरुमा व्यापारका लागि गाइमारा डाँडाको केही भाग काटेर एक स्थानीय वनकर्मीले प्रयोग गरे । विस्तारै दुई वटा टहरा थपिए । थपिने क्रम बढ्दै गएपछि वन कार्यालयले हटाएको थियो । तर, पुनः लकडाउन खुलेसँगै सो डाँडाको अर्को भागतिर एउटा अर्को टहरा निर्माण गरिएको थियो । गाइमारा डाँडासंगै अन्य डाँडाहरु पनि काटेर टहरा निर्माण हुने क्रम जारी छ ।

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ साल असोज १२ गते तेघरी गोदावरीको जंगलमा प्रदेशको राजधानी तोकेपछि वनमाफियाहरूले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गर्ने क्रम बढेको बताइन्छ ।

यो क्षेत्रमा बाढी पीडित तथा सुकुम्बासीका नाममा जंगल छेउमा बस्दै आएकाहरू पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन् । डिभिजन वन कार्यालय धनगढीका अनुसार कैलालीमा अहिलेसम्म २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको छ । यो तथ्यांकले देशभरकै सबैभन्दा बढी कैलाली जिल्लामा वन क्षेत्र अतिक्रमण भएको देखिन्छ ।

बन कार्यालय हटाउँदै, अतिक्रमण दोहोरिँदै

सामुदायिक बनमाथि जारी अतिक्रमण : स्थानीय तहदेखि सरकारी निकाय, संघसंस्थाको बक्रदृष्टि

प्रदेश राजधानीमा बन अतिक्रमण प्रकरण : टहरा हटाउन थालियो

सुदूरपश्चिम प्रदेशको राजधानी : जंगल अतिक्रमण गर्दै टहरा निर्माण गर्ने क्रम तीब्र

गोदावरीमा अझैं बन अतिक्रमण नियन्त्रण हुन सकेन

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार