२० बैशाख २०८१, बिहीबार

सेती अस्पतालमा कोरोनाबाट एक अधवैशे पुरुषको मृत्यु Breking News



धनगढी /सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका ११ का ४५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल रेकर्डर दिलिपकुमार श्रेष्ठले बताए ।

आज बिहान ८ः ३५ बजे उनको भेन्टिलेटरमा मृत्यु भएको हो मेडिकल रेकर्डर श्रेष्ठले बताए ।

उनका अनुसार फोक्सो र कलेजोका विमारी रहेका ती ४५ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएपछि मंगलबार राति निसर्ग अस्पतालबाट सेतीमा ल्याइएको थियो ।

ती पुरुषसंगै सुदूरपश्चिममा कोरोनाबाट मर्नेको संख्या ११ पुगेको छ । अहिलेसम्म कैलालीका ६ बाजुरा र बझांगका २/२ र अछामका एकको कोरोनाबाट मृत्यु भएको छ ।

#Covid19 #death #sudoorpaschim

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार