२० बैशाख २०८१, बिहीबार

डाेटी र डडेल्धुराबाट ९५ जनामा काेराेना संक्रमण भएकाे पुष्टी



धनगढी । डाेटी अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएकाे परीक्षणमा पछिल्लाे २४ घण्टामा ९५ जनामा काेराेना संक्रमण भएकाे पुष्टी भएकाे छ ।

मंगलबार दिउँसाेकाे सार्वजिनक गरिएकाे नजिता अनुसार डाेटी अस्पतालबाट ४५ र डडेल्धुरा अस्पतालबाट ५० जनामा काेराेना संक्रमणा पुष्टी गिरएकाे हाे ।

डाेटी जिल्ला अस्पतालले जारी गरेको विज्ञप्ती पछिल्लो पटक परीक्षण गरिएका ५९ जनामा ४५ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

 बिज्ञप्तीमा संक्रमित सबै डोटी जिल्लाकै रहेको उल्लेख छ ।  शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका चार पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

 यसैगरी, डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कैलालीका १५ जना, डडेल्धुराका २ जना, अछामका १७ जना, कन्चनपुरका ८ जना र बझाङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

 परिक्षणमा डडेल्धुराको अमरगढी नगरपालिकाका २ जना, अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कन्चनपुरको शुक्लाफाटा नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यस्तै बझाङको छब्बीस  पाथीभरा गाउपालिकाका ६ जना र दुर्गाथली गाउपालिकाका २ जना, कैलालीको बर्दगोरिया गाउपालिकाका ४ जना, घोडाघोडी नगरपालिकाका ७ जना र जानकी गाउपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार