१९ बैशाख २०८१, बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्री होम क्वारेन्टाइनमा




धनगढी/ सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आफ्नै निवासमा क्वारेन्टाइनमा बसेका छन् । उनका चालकलाई कोरोना संक्रमण देखिएपछि उनी क्वारेन्टाइनमा बसेका हुन ।

मुख्यमन्त्रीको निवासमा सवारी चलाउँदै आएका चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मुख्मन्त्रीको सोमबार स्वाव परीक्षण गर्ने तयारी गरिएको मुख्यमन्त्रीका मुख्य स्वकिय सचिव शिव ओलीले बताए ।

यसअघि शुक्रबार पनि मुख्यमन्त्री भट्टको स्वाव परिक्षण गरिएकोमा रिपोट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार