१६ बैशाख २०८१, आईतवार

पुल र बाटो बनाउँदै जनप्रतिनिधी (फाेटाेफिचर)



बाजुरा । बाजुरा जिल्लामा साउन २५ गते बर्षतसंगै आएको बाढीका कारण एक गाउँबाट अर्को गाउँमा आवतजावत गर्ने पुल बगाएको छ । त्यसको समाधानका लागि स्थानिय जनप्रतिधिहरु आफै जुटेर केही काठे पुल निर्माण गर्न सकृय भएका छन् । नयाँ आर्थिक बर्षका कारण सरकारी कार्यालयबाट चाँडो काम हुन नसकेका कारण उपनिहरु आफै जुटेका हुन् ।

सुदुरपश्चिम प्रदेश सभा सदस्य सांसद बल्देव रेग्मी यतिबेला गृह जिल्लामा बाढीपीडीतको अवस्था बुझ्न एक हप्ता अगाडी आएका थिए । सदरमुकाम मार्तडी बाट पुर्बित्तर क्षेत्रका चार वटा स्थानिय तहमा जा ञने पुल बाढीले बगाकोले आवतजावत गर्न समस्या भएकाले उनी आफै लागेर बुढीनन्दा नगरपालिका–२ धोपेगाडमा काठे पुल बनाउँन लागेका भेटीएका छन् ।

मंगलवारको अविरल वर्षा पछि अवरुद्ध वनेको कोल्टीको धोपेगाड खोलामा आवत जावतमा समस्या आएपछि सांसद रेग्मीलगाएतको टोलीले शनिबार काठेपुल निर्माण गरेपछि सहज बनेको छ ।

काठेपुल निर्माण कार्यमा सुदुरपश्चिम प्रदेश सभा सदस्य वल्देव रेग्मी, वुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरी, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य भरत विक, बुढीनन्दा नगरपालिका वडा नं चारका वडाअध्यक्ष राजन कुमार रोकाया लगायत स्थानिय वासिको सक्रियतामा सो खोलामा काठेपुल निमार्ण गरीएको वडाअध्यक्ष राजन कुमार रोकायाले जानकारी दिए ।

बडिमालिका नगरपालिका–७ को पोरखेबाट बगेर आउने बिभिन्न खोलामा काठेपुलहरु बगाउँदा जनतालाई आवतजावत गर्न सस्ती भएको थियो । त्यहाका वडा अध्यक्ष धर्मराज पाध्यायको सकृयतामा रजातोलीमा काठेपुल निर्माण गरेका छन् ।

गत मंगलबार आएको बाढीले सो खोलामा रहेको काठको पुल बगाउदा कोल्टी, र्मातडी, पाण्डुसैन, विर्सैन र छातिकोट लगायतका ठाउका स्थानियलाई आवत जावत गर्न निकै कठिनाई भैरहेको थियो । आजत जावतको समस्यालाई मध्यनजर गर्दै प्रदेश सभा सदस्य रेग्मीले तत्काल स्थानियलाई आवतजाबत गर्न सहज होस भन्ने उदेश्यले काठको पुल लगाईएको बताएका हुन् ।

त्यस्तै बाजुराको बुढीनन्दा नगरपालिका वडा नं तिनको गोरेटो वाटो मर्मत गरीएको छ । मंगलवार रातिको अविरल वर्षा पछि अवरुद्ध वनेको वडा नं तिनको गोरेटो वाटो शनिबार स्थानिय युवाहरुले मर्मत गरेका छन । वडा नम्बर ३ का ५० वढि स्थानिय युवाहरुको समुहले वडा नं तिनको नुरी देखि खुवा, डागे्रवाडा, भुलेना तलिगोठि र सुनतोला लगायतका ठाउँको गोरेटो वाटो मर्मत गरेको स्थानिय धनश्याम वुढाले जानकारी दिए ।

वर्षातले एक अर्काे वस्ति जोड्ने गोरेटो वाटो र खोला किनारामा रहेका पुल पुलेसाहरु छेदविच्छेद वनाएकोले स्थानियलाई आवतजावत गर्न कठिनाई भैरहेको थियो । पछिल्लो समयको निरन्तर वर्षा पछि छेतविच्छेद वनेका गोरेटो वाटो मर्मत भए पछि स्थानियलाई आवतजावत गर्न र घट्ट पिस्न सजिलो हुनेभएको स्थायिले बताएका छन ।

यता बडिमालिका नगरपालिका–७ को चुथि र रजातोली खोलामा रहेका काठेपुल बगाएपछि बडीमालिका ७ का स्थानीयहरुलाई दैनिक आउजाउमा निकै समस्या भएको थियो ।

एक महिना अघि बाढीले काठेपुल बगाएपछि रजातोली र चुथिका स्थानीयलाई मात्रै नभई पुर्वीउत्तरी क्षेत्रका ४ स्थानीय तहसहित छिमेकि जिल्ला मुगु र हुम्लाका स्थानीयहरुलाई यो बाटो हुँदै जान आउन निकै समस्या थियो । एकमहिना देखि काठेपुल अभावमा कष्टकर यात्रा गर्दै आएका स्थानीयहरुको समस्यालाई मध्येनजर गर्दै उक्त खोलाहरुमा काठेपुल निर्माण गरिएको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार