१६ बैशाख २०८१, आईतवार

बजार सुनसान, सिमानाकामा भिडभाड (फाेटाे फिचर)



धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि शुक्रबारदेखि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारहरु सुनसान बनेका छन भने मानिसहरु अत्यावश्यक कामबाहेक बाहिर निस्केका छैनन ।

भारतमा रोजगारी गरिरहेका सुदूरपश्चिमका मजदुर भने भारतसंगको सीमा जोडिएको त्रिनगरबाट प्रवेश गर्ने क्रम रोकिएको छैन ।

सरकारले लकडाउन जारी गरेदेखि भारतबाट मजदुरी गर्न गएका सुदूरपश्चिमबासीहरु नेपाल फर्किने क्रम सुरु भए पनि हालसम्म रोकिएको छैन ।

बिहिबार राती १२ बजेदेखि कैलाली प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेपनि त्रिनगर नाकाबाट विहान १० बजेदेखिनै भारतबाट आउने क्रम जारी छ ।

सो क्षेत्रमा खटिएका सुरक्षाकर्मी अमराज बुढाले भने –‘विहानैदेखि दैनिक नाकाबाट नेपालीहरु प्रवेश गरिरहेका छन ।’ उनका अनुसार शुक्रबार विहान १० बजेदेखि एक घण्टामा एक सय ५० जना प्रवेश गरेका थिए । अहिले पनि आउने क्रम जारी रहेको छ ।

उनले दैनिक पाँच सयको हाराहारीमा नाकाबाट नेपालीहरु प्रवेश गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार