१५ बैशाख २०८१, शनिबार

दुई जिल्लामा निषेधाज्ञा



धनगढी । सुदूरपश्चिमका दुई जिल्लामा आज (शुक्रबार)देखि निषेधाज्ञा जारी गरिएको छ । बुधबार कैलाली जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक र बिहिबार कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बिहिबार मध्यरातिदेखि १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन् ।

कैलालीमा मध्यरातिदेखि निषेधाज्ञा लागु हुने भएपछि विहान चार घण्टा खाद्यान्न, तरकारी र माछामासु पसल सञ्चालन गर्न पाईने भएको छ ।

बिहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा र मासु पसल सञ्चालन गर्न पाईने भएको हो । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराद्वारा जारी आदेशमा उक्त कुरा उल्लेख गरिएको छ । बिहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा सञ्चालन गर्न पाएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाउन पर्ने प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेशमा भनिएको छ ।

खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा र मासु लगायत अत्यावश्क वस्तुहरुका हकमा विहान ५ बजेदेखि ९ बजेसम्म (चार घण्टा मात्र) स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दूरी कायम गरी÷गराई सञ्चालन गर्न सकिने छ ।

यस्तै बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

उता, जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने छ भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुका किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने कञ्चनपुर प्रशासनको निर्णयमा उल्लेख छ ।

शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाइने छैन् ।

बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार