५ जेष्ठ २०८१, शनिबार

प्रदेश सरकारले विपद्बाट मृत्यु भएकाको परिवारलाई एक लाख राहत दिने



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक विपद्मा परी मृत्यु हुने व्यक्तिका परिजवारलाई जनही एक लाखका दरले राहत दिने भएको छ ।

?

प्रदेशको मन्त्रीपरिषद्को बिहिबार धनगढीमा बसेको बैठकले विभिन्न विपद्मा गरी मृत्यु भएका ६४ जनाको परिवारलाई एक/एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले पछिल्लो दुई महिनामा विपद्मा परी ज्यान गुमाएका परिवारलाई राहत दिने निर्णय भएको जनाए ।

उनले ति परिवारलाई प्रदेश सरकारले अन्य राहातक कार्यक्रमहरू पनि उपलब्ध गराउने जनाए ।

प्रदेश सरकारले विपद्बाट भएको क्षतिपूर्तिका लागि समेत एक करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको मन्त्री सुवेदीले जनाए । उनले घरबिहीन भएकाहरू पूर्ण क्षति र आंशिक क्षति भएकाहरूलाई राहत दिनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सो रकम निकासा गर्ने निर्णय भएको बताए ।

मन्त्रीपरिषद्ले रामारोशन पर्यटन बोर्ड गठन प्रक्रिया समेत अघि बढाउने निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार