३१ बैशाख २०८१, सोमबार

ओहो क्या गज्जव ! टीकापुर वसपार्क





टीकापुर । सुदूरपश्चिमकै नमूना बसपार्कका रुपमा निर्माण भएको टीकापुर बसपार्कलाई हस्तान्तरण गरिएको छ । संघीय शहरी आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीले टीकापुर नगरपालिकालाई बसपार्क हस्तान्तरण गरेको हो ।

सो कार्यालयका आयोजना प्रमुख इञ्जिनियर परिक्षित कडरियाले नगरपालिकाका प्रमुख तपेन्द्र रावललाई बसपार्कको सम्पूर्ण कागजात र साँचो हस्तान्तरण गरेका हुन ।

शहरी विकास मन्त्रालयको स्मार्ट सिटी कार्यक्रम अन्तर्गत आठ करोड २८ लाख रुपैयाँको बजेटमा टीकापुर बसपार्कको निर्माण भएको हो ।

बसपार्कमा एकतले टर्मिनल भवन, सुविधा सम्पन्न यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, बस, ट्याक्सी तथा मोटरसाइकल पार्किङ हुनेछन् । आयोजना प्रमुख कडरियाका अनुसार एक विघा १६ कठ्ठा क्षेत्रफलमा निर्माण भएको बसपार्कमा २७ वटा ठूलो बस, ५० वटा माइक्रोबस, ट्याक्सी र ५० वटा भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिने छ ।

बसपार्कको निर्माण राजेन्द्र रोयल जेभीले गरेको हो । निर्माण कम्पनीले कार्यालयसँग २०७७ साउन २ गतेभित्र सक्ने गरेर २०७५ माघ २ गते सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार