२ जेष्ठ २०८१, बुधबार

सुदूरपश्चिममा कोरानो संक्रमित पाँच हजार नजिक



धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा बुधबार दिउँसोसम्म चार हजार नौं सय १३ जना कोरोना संक्रमित संख्या पुगेको हो । बुधबार 10 जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा तीन र जिल्ला अस्पताल डडेल्धुरामा गरिएको परीक्षणमा सात जना नयाँ संक्रमित थपिएका हुन् ।
सेती प्रादेशिक अस्पतालमा कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ४ की २५ वर्षीया, वडा नं. ९ का ५० वर्षीय र घोडाघोडी नगरपालिका वडा नं. ४ की २८ वर्षीयामा कोरोना पुष्टी भएको छ ।
डडेल्धुरा अस्पतालमा अछामको मेल्लेख गाउँपालिकाका तीन जना, डोटीको सायल गाउँपालिकाका दुई जना र दिपायल सिलगढी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार