१ बैशाख २०८१, शनिबार

सांसद यज्ञबहादुर बोगटीलाई काेराेना संक्रमण



धनगढी । संघीय संसद्का एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएकाे पुष्टि भएकाे हाे।

उनी काेराेना पुष्टि हुने तेस्रा सांसद हुन्।  ललितपुरमा कोठा लिएर बसेका उनको होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकाले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्।

साउन ३० मा पिसिआर गरेका उनको रिपोर्ट नेगेटिभ आएकाे थियाे। कोरोनाको केही लक्षण छैन तर पाेजेटिभ आएपछि आइसाेलेनसनमा भर्ना भएकाे छु’ उनले भने। 

नेकपाका महासचिव विष्णु पौडेलका पिएसओलाई पोजिटिभ देखिएपछि बोगटी र उनका पिएले पनि स्वाब दिएका थिए। पीएको ३१ गते नै कोरोना पोजेटिभ रिपोर्ट आयो भने बोगटीको रिपोर्ट नेगेटिभ आएकाे थियाे। ‘रिपाेर्ट नेगेटिभ आएपछि अरुसँग पनि घुलमिल भएको थिएँ। तर मंगलबार फेरि पोजेटिभ भएको रिपोर्ट आएकाे खवर आयाे’ उनले भने।

काठमाडौं महानगरपालिकाका कर्मचारीले पोजिटिभ आएको भन्दै फोन गरेपछि उनले ल्याबमा फोन गरेर बुझेका थिए। ‘ल्याबबाट नेगेटिभ म्यासेज आएको थियो। काठमाडौं महानगरपालिकाका कर्मचारीले भने पोजिटिभ आएको भन्दै फोन गरेपछि के भएको हो भनेर बुझ्दा फेरि पोजेटिभ भएको म्यासेज आयो, अनि भर्ना भए’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार