१४ बैशाख २०८१, शुक्रबार

चुरे गाउँपालिकामा पहिराे, राजमार्ग अबरूद्ध (Live Vedio)



धनगढी । भिमदत्त राजमर्ग अन्तरगत चुरे गाउँपालिका-५, झबेली र जैशीपातलमा पहिराे गएपछि सडक अबरूद्ध भएकाे छ ।

अाज दिउँसाे गाउँपालिका अध्यक्ष धनबहादुर राेक्कामगर गाउँपालिकातिर जाँदै गर्दा उनकै अगाडी पहिराे खसेकाे छ ।

बुधबार दिउँसोदेखि कैलालीको चुरे गाउँपालिका–३ मा रहेको उक्त सडकखण्डमा पहिरो जाँदा सयौं यात्रु अलपत्र परेका छन्।अहिले उक्त स्थानमा प्रहरीको टोली पुगेको भएपनि माथिबाट सुख्खा पहिरो आउने क्रम जारी भएको हुँदा सडक खुलाउन समस्या भइरहेको त्यहाँबाट पत्रकार बिमलप्रशाद बोहराले बताए । सडकमा आएको पहिरोका कारण सवारी साधनहरु त्यही रोकिएको उनले बताए। पहिरो पन्छाइएपनि सडकको आरसिसि फुटेको हुँदा सडकमा ठुला सवारी साधन चल्न नसक्ने पत्रकार बोहराले बातए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार